दाङ। दाङको बबई गाउँपालिका सिल हुने भएको छ ।
नयाँ भेरियन्ट सहितको दोस्रो चरणको कोरोना समुदाय स्तरमा भयावह हुने तरिकाले फैलिएका कारण बबई गाउँपालिका बैषाख १३ गते सोमबार देखी सिल हुने भएको हो ।
गाउँपालिकाले १३ गते सोमबार देखी हापुरे बजार तथा पालिकाभित्र रहेका व्यापार, ब्यबसाय, उद्योग, कलकारखाना, बिहे, पुजा, तालिम, गोष्ठी, यातायातका साधन अर्को सुचना जारी नहुदासम्म बन्द गर्न अनुरोध गरेको छ ।
अत्याआबस्यक सेवा बाहेक अन्य सबै सेवा बन्द गर्न गाउँपालिका बासीलाई अनुरोध गरिएको छ । यस्तो समयमा स्थानिय पालिका बासी घर भित्रै सुरक्षीत रहेर बस्न अनुरोध गरिएको छ । हरेक स्वास्थ्य मापदन्ड अपनाउन पनि गाउँपालिकाले अनुरोध गरेको छ । कारोना बाट बच्न नियमित रुपमा साबुन पानीले हात धुन, मास्क तथा सेनिटाईजरको प्रयोग गर्न र स्वास्थ्यको ख्याल गर्न अनुरोेध समेत गरिएको छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस