तुलसीपुरमै पीसीआर परीक्षणकालागि स्वाब संकलन सुरु


बैशाख १, २०७८


दाङ। दाङको तुलसीपुरमा पीसीआर परीक्षणकालागि स्वाब संकलन सुरु भएको छ ।

घोराहीको विएस डाईगोष्टिक सेन्टर र नेपालगञ्जको बागेश्वरी डाइग्नोष्टिक एण्ड पोलिक्लिनिकको सहकार्यमा तुलसीपुरमै मेट्रो सिटिले स्वाब संकलन गर्न थालिएको हो ।

मेट्रो सिटीका सञ्चालक बसन्त योगीका अनुसार तुलसीपुर ५ को अरनिको मैदानमा विहान ७ बजेदेखि ११ बजेसम्म स्वाब संकलन गरिनेछ । स्वाब संकलनदेखि परीक्षण गरेको शूल्क २ हजार लाग्ने उनले बताए । साथै घरमै गएर पनि स्वाब संकलन गर्न सकिने र त्यसकालागि थप एकहजार शूल्क लाग्ने योगीको भनाई छ ।

कोरोनासंग लक्षण देखिएका विरामीहरुलाई थप सहजताकालागि यस्तो व्यबस्था मिलाईएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="