शान्तिनगरमा थप ७ जनामा कोरोना पुष्टि


बैशाख २२, २०७८


दाङ। दाङको शान्तिनगर गाउँपालिकामा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज गरिएको पीसीआर परीक्षणमा ५ जना र एन्टिजेन परीक्षणमा २ जना गरि ७ जनामा संक्रमण देखिएको हो ।यस्तै शान्तिनगरमा सक्रिय संक्रमितको संख्या ५१ पुगेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हरी पुनले जानकारी दिनुभयो ।

शान्तिनगर गाउँपालिकाले सञ्चालन गरेको धनौरी स्वास्थ्य चौकीको आइसोलेसनमा ६ जना कोरोना संक्रमित उपचाररत रहेका छन् । आज १ जना डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="