दाङ।तुलसीपुर उपमहानगरपालिकामा अटोलाई एम्बुलेन्सका रुपमा सन्चालन गर्ने गरि तयारी गरिएको छ ।
तुलसीपुर नगर जेसिजका पूर्व अध्यक्ष मोहन सुनार, अजय दुलाल, सुनिलबाबु डाँगीको पहलमा अटोल संचालकसंग समन्वय गरेर ९ वटा अटोलाई लकडाउन भरी एम्बुलेनसका रुपमा प्रयोग गर्ने गरी तयारी गरिएको एम्बुलेन्स परिचालन समितिका संयोजक दिपक कुमालले जानकारी दिए । तुलसीपुर क्षेत्रमा एम्बुलेन्स बिरामहरुसंग चर्को भाडा लिन थालेपछि कोरोना संक्रमित बिरामीलाई गाउँबाट शहरसम्म सहजरुपमा पु¥याउन अटो एम्बुलेन्सको प्रयोग गरिएको तुलसीपुर उपमहानगरपालिका कार्यपालिका सदस्य समेत रहेका कुमालले जानकारी दिए ।
यसैबिच अटो एम्बुलेन्सलाई शुक्रबार तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेलाई हस्तान्तरण गरिएको छ । यो संगै अटो एम्बुलेन्सले साविककै तोकिएको दररेटमा बिरामीलाई अस्पताल लैजान र ल्याउन सहज हुने अपेक्षा गरिएको छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस