देविराम कुसारी, दाङ । कोरोना माहामारी वाट मृत्यु भएकाको शब दाहसंस्कारमा देखिएको समस्यालाई समाधान गर्न थालिएको काठ बैंक तथा घाट व्यवस्थापन अभियान प्रति ग्रिन तुलसीपुर क्लिन तुलपुरको एैकेवद्ध्ता जनाएको छ ।
ग्रिन तुलसीपुर क्लिन तुलसीपुरका संस्थापक संयोजक विमल रिजालले फोन मार्फत अभियान सकारात्मक भएको भन्दै यस्लाई निरन्तरता दिनुपर्ने सल्लाह दिनुभएको छ । अभियानका अध्यक्ष देविराम कुसारीलाई फोन गर्दै संयोजक रिजालले घाट व्यवस्थान आफुले नगद तथा भौतिक समाग्रि सहयोग गर्ने वताएको अध्यक्ष कुसारीले जानकारी दिनुभएको छ । तुलसीपुर उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष समेत रहेका रिजालले घाट क्षेत्रमा ग्रिन वेल्ट निर्माण र फहर व्यवस्थापनमा आफुले सहयोग गर्ने आश्वासन दिनुभएको छ । त्यसैगरी संघका निवर्तमान अध्यक्ष विरबहादुर रावतले पनि अभियानलाई निरन्तरता तथा वैधानिक्ता दिन सहयोग गर्ने वताउनु भएको छ । उहाँले आवश्यक परे अन्य सहयोग गर्ने पनि वताउनु भएको छ । कोरोना वाट मृत्यु भएकाको शब दाहसंस्कार गर्न समस्या भए पछि थालिएको काठ वैंक तथा घाट व्यवस्थापन समितिलाई जिन्सिमा काठ सहयोग प्रदान पनि भएको समितिका सचिव हेमराज डागीले जानकारी दिनुभएको छ ।
यसैविच संघका पुर्व अध्यक्ष विमल रिजालले ५ हजार १ सय रुपैया सहयोग गर्नुभएको छ । अभियानलाई तुलसीपुर १२ कौवापुर घर भई हाल राष्ट्रिय किट विज्ञान तथा अनुसन्धान केन्द्र खुमलटारका किट बैज्ञानिक नरेश डागीले नगद ५ हजार ५ सय ५५ रुपैया, तुलसीपुर ५ का समाजसेवि नरायण शर्मा र उहाँकी श्रीमती कमला शर्माले २ हजार ५ सय १ रुपैयाँ, ५ कै समाजसेवि राध्यश्याम उपाध्याय र छोरा अनोज लामिछानेले २ हजार, दंगिशरण २ बंगलापुर घर भई हाल बुटवलमा वस्दै आएका युवा व्यवसायी मदन वलीले १ हजार ५ सय १५ रुपैया सहयोग प्रदान गरेको समितिका कोषाध्यक्ष हरिप्रशाद बुढाथोकीले जानकारी दिनुभएको छ ।
त्यसैगरी तुलसीपुर ६ निवासी रिपोर्टस क्लवका अध्यक्ष शरद रेग्मीले २ हजार ५ सय, ७ निवासी लिना शर्माले आफ्नो जन्मदिनको खर्च बचाएर १ हजार ५ सय, दंगिसरण ४ सुकदेवाका समाजसेवि प्रमोद गिरीले ३ हजार ३ सय ३३ रुपैयाँ, तुलसीपुर ११ जस्पुर घर भई हाल अमेरीका वस्दै आउनुभएका गोविन्द केसीले ५ हजार ७ सय ३१ रुपैयाँ, १२ जस्पुर घर भई हाल अमेरीका वस्दै आउनुभएका प्रज्वल वस्नेतले ११ हजार ७ सय ४८ रुपैया, १२ जस्पुर घर भई हाल इज्राइल वस्दै आउनु भएका गिता शर्माले १० हजार ५ सय ५० रुपैया, दंगिशरण ३ घर भई हाल दक्षिण कोरिया निवासी सुवर्न वलीले २ हजार रुपैया सहयोग प्रदान गरेको समितिका सह–सचिव शुसिल गिरीले जानकारी दिनुभएको छ ।
अभियानलाई तुलसिपुर १३ बखरिया निवासी हाल अमेरिका बस्दै आइरहनु भएका समाजसेवी वसन्त रावत र हेमन्त रावतले १४ हजार, तुलसीपुर ५ का समाजसेवी रुपेश शर्माले २ हजार १ सय ५, सारदा नगरपालिका १५ निवासी समाजसेवी प्रकाश बुढाथोकीले १ हजार १ सय ५, तुलसीपुर १८ निवासी गजलकार कपिलमणि लामिछाने र करुणा वलिले वैवाहिक वर्षगाडको उपलक्ष्यमा २हजार ५ सय ,तुलसीपुर ६ निवासी हाल जापानमा बस्दै आइरहनु भएका समाजसेवी ज्योति अधिकारी र शिवराज अधिकारीले रु ५ हजार ५, घोराही १८ निवासी समाजसेवी हरि प्रसाद गौतमले स्वोर्गिय धर्मपत्नीको सम्झनामा र छोरा प्रकाश गौतम बुहारी सन्ध्या शर्मा गौतम र नाति सभनिक गौतम ले स्वर्गीय राधा गौतम को सम्झनामा २ हजार ७ सय २७ रुपैया, दंगिशरणका राघव देवकोटाले १ हजार १ सय रुपैयाँ सहयोग प्रदान गर्नु भएको वरिष्ठ सदस्य शिशिर रावतले जानकारी दिनुभएको छ ।
त्यसैगरी अभियानलाई काठ पनि उपलब्ध भएको भएको छ । विपदमा हामी युवा समुह घोराहीले लमहिको रिहार वाट एक टेक्टर काठ ल्याएर अभियानलाई सहयोग गरेको छ । समुहका अध्यक्ष संजिव पछाइको नेतृत्वमा आएको टोलीले पत्रकार देवेन्द्र वस्नेतको रोहवरमा काट हस्तान्तरण गरिएको हो । अभियानलाई हाल सम्म करिव पौने ३ लाख सहयोग भएको जनाइएको छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस