हापुरेमा “हाम्रो अस्पताल, हामी निर्माण गर्छौ ” अभियान शुरु


जेठ ०८, २०७८


दाङ। कोरोना महामारीमा अक्सिजन सहितका अस्पतालहरुको अभाव खड्किरहेको बेला दाङको हापुरेमा “हाम्रो अस्पताल, हाम्रो लागि, हामी निर्माण गर्छौ ” भन्ने अभियान शुरु गरिएको छ ।

हापुरेमा हाल आइसोलेसनका रुपमा सन्चालनमा रहेको प्रस्ताबिक हापुरे प्राथमिक अस्पतालमा थप सेवा सुबिधा थप्नका लागि र अस्पतालका सेवा सुबिधाहरु बढाउनका लागि यो अभियान शुरु गरिएको हो । एउटा अभियान चलाउने उदेश्य लिएर साथिभाइहरु र स्थानीय बुद्धिजीवीहरु संग सरसल्लाह गर्दा आफुलाई अभियान संचालन गर्नका लागि हौसला प्रदान भएकाले यो अभियानको शुरुगर्न आफुहरुलाई उर्जा मिलेको अभियान्ताहरुले बताउनुभएको छ ।

अभियान्ता प्रेमबहादुर राम्जाले भन्नुभयो “हामीले हाम्रो लागि केही गरौ भन्ने उद्देश्यका साथ यो अभियान सुरु गरेका हौ । यो अभियानको कुनै कार्यबिधी, ऐन, कानुन हुदैन । यसमा सबैको साथ र सहयोगको कुरा मात्र हुन्छ र हामिले सहयोग पाउने अपेक्षा गरेका छौँ ।”

अहिले पनि आइसोलेसनमा अक्सिजन अभाब भएको हुदा यी र यस्तै समस्या समाधान गर्न र भौतिक पुर्बाधार, आइसियु, भेन्टिलेटरको ब्यबस्थापन र अन्य सेवाका लागि यो अभियान थालिएको उहाँले जानकारी गराउनुभयो ।

यो अभियान सफल पार्न आर्थिक मात्र नभई जिन्सी सामग्री पनि हस्तान्तरण गर्न सकिने यसका अभियान्ताहरुले जानकारी गराउनुभएको छ ।
अभियान्ताहरु प्रेमबहादुर राम्जा,झुप क्षेत्री शरदराज गिरि,जित बहादुर केसि, हिमाल खडका लगायतले थालनी गरेको यो अभियानमा सहयोगी तथा अभियान्ताको रुपमा जो कोहि पनि जोडिन सक्ने अभियान्ता प्रेमबहादुर राम्जाले जानकारी गराउनुभएको छ ।

यो अभियानमा ब्यक्तिगत र सस्थागत रुपमा जोडिनका लागि आर्थिक सहयोग गर्नेहरुले प्रेमबहादुर राम्जाको नाममा रहेको नेपाल बङ्गलादेश बैंक हापुरेको 064002152i को खाता प्रयोग गर्न सक्नुहुनेछ भने भौतिक सहयोग गर्न चाहानेहरुले प्रत्यक्ष अभियान्ताहरु लाई सम्पर्क गरेर आफ्नो सहयोग उपलब्ध गराउन सकिनेछ ।
सम्पर्कका लागि
जित बहादुर केसि – ९८६८९८८११२
झुप क्षेत्री – ९८०९५९६४११
शरदराज गिरि – ९८४७९४०६१६
प्रेमबहादुर राम्जा -९८०९५३९८५६
हिमाल खडका – ९८६६८९४४२८

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="