रावतकाे अगैयामा अन्त्येष्टि हुदै, आफन्ति भन्छन् – श्वास्थ्यकर्मि माथि हातपात गरेका छैनौं


जेठ १५, २०७८


दाङ। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ निवासी डिल्लीराज रावतकाे आज सनिवार अन्त्येष्टि गरिने भएको छ । उहाकाे बाके राप्ती साेनारि गाउपालिकाकाे अगैया घाटमा आज बिहान ११ बजे अन्त्येष्टि गरिने भएको हाे । काेराेना संक्रमित रावतकाे बिहिबार राति भेरि अस्पतालमा उपचारको क्रममा निधन भएको थियोे ।

श्वास्थ्यकर्मि माथि हातपात गरेका छैनौं : आफन्ति
भेरि अस्पतालमा उपचारको क्रममा रावतकाे निधन भएपछि नर्स र डाक्टर माथि हातपात नगरेको मृतकका माईला भाईले बताएका छन । चर्काे स्वरमा केही बाेलेपनि आफुहरुबाट हातपात नभएको उनकाे भनाइ छ । घटनालाई राजनीतिक बनाईएकाेमा दुख ब्यक्त गर्दै श्वास्थ्यकर्मि माथि हातपात गरेकाे पुष्टि भए सजाय भाेग्न तयार रहेकाे उनले बताए । परिवारकाे सदस्य गुमाउदा हामी पिडामा छाै, झनै पीडा दिने काम भयाे उनले भने । एक तर्फि रुपमा समाचार अायाे तर हाम्रो कुरा कसैले सुनेन । काेराेना महामारीको समयमा श्वास्थ्यकर्मिकाे खटाइलाई हाम्राे सम्मान छ,अस्पतालमा सिसिटिभि हाेला, त्याे बाहिरिए घटनाको यथार्थ अाउला उनले भने । नर्सकाे घाँटी थिचेकाे, ज्यान बचाउन तलामाथि हाम फालेकाे लगायतको कुराहरु भ्रमित रुपमा अाएकाे हाे । “हाम्राे बिरामी राम्रो हुनुहुन्छ,भेन्टिलेटरमा नराख्न अाग्रह गर्दा जवरजस्ति रुपमा अक्सिजन थुतेर भेन्टलेटरमा राखेकाे भिडियो खिच्दा उल्टै श्वास्थ्यकर्मिबाट अभद्र व्यवहार भएको हाे उनले भने ।
भेन्टिलेटरमा राखेकाे केहिबेरमा निधन भए पछि हाम्राे अनुमति विना किन जवरजस्ति राखेकाे भनेर चर्काचर्कि भएको छाेेेराले पनि स्विकार्छन । यद्दपि यसअघि पनि भेन्टिलेटरमा राख्नकाे लागि स्लिपिङ ट्याब्लेट किन्न् लगाएकाे दावि छ । ट्याब्लेटबारे फार्मेसीमा बुझ्दा लठ्याउने अाैषधि हाे भन्ने जानकारि पाउँदा किन मगाएकाे हाे भनेर प्रश्न गर्दा डाक्टरले अालटाले जवाफ दिए, उनी बताउँछन् ।

ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता
यसैबिच,भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि कुटपिट गरेकाे भन्दै ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको छ। जिल्ला प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले शुक्रबार ज्यान मार्ने उद्योगमा तीन जनामाथि मुद्दा दर्ता भएको जानकारी दिए ।
प्रहरीले मृतकका भाइ मानबहादुर रावत, भरत रावत र छाेरा लोकराज रावतलाई डाक्टर र नर्सहरुमाथि कुटपिट गरेको अभियोगमा बिहीबार राति नै पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="