दाङ । दाङमा जारी लकडाउन असार १ गतेसम्म थपिएको छ । जिल्ला कोभिड–१९ शंकट व्यबस्थापन समितिको मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
यस अघि जेठ २५ गतेसम्म निशेषधाज्ञा गरेको थियो । दाङका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलका अनुसार बैंक तथा वित्तिय संस्थाहरु अब दैनिक खुल्ने छन् । विहान १० बजेदेखि २ बजेसम्म बैंक खुल्न पाउने उनले बताए ।
साथै विहान ६ बजेदेखि १० बजेसम्म होटेल, सैलुन,खाजा घर, चिया पसल बाहेक अन्य पसलहरु खुल्न दिने निर्णय भएको प्रजिअ पौडेलले बताए ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस