दाङ। दाङमा लकडाउन एक सातालाई थप गरिएको छ । जिल्ला कोरोना नियन्त्रण ब्यबस्थापन समितिको सोमबार (आज) घोराहीमा बसेको बैठकले लकडाउनलाई केही खुकुलो बनाउँदै असार ८ गतेसम्म थप गर्ने निर्णय गरेको हो ।
बैठकले ब्यबसाय बिहान ६ बजेदेखी १० बजेसम्म खोल्ने, सरकारी कार्यालय १० बजेदेखी १ बजेसम्म आंशिक रुपमा खोल्ने निर्णय गरेको छ । त्यस्तै होटेल ब्यबसायीले प्याकिङ गरेर खाना नास्ता बिक्री बितरण गर्ने पनि निर्णय गरेको छ ।
बैंक तथा बित्तीय सस्थालाई भने दिउँसो २ बजेसम्म खोल्ने निर्णय यथाबत राख्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिनुभएको छ । शैलुन, सिनेमाहल, जिमक्लब बाहेकका पसलहरु दैनिक विहान ६ बजेदेखि १० बजेम्म खुल्न पाउने भएका छन् ।
यस अघि असार १ गतेसम्म लकडाउनको मिति तोकिएको थियो ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस