दाङमा लकडाउन १ हप्ता थप, सार्वजनिक यातायात भने भोलिदेखि चल्ने


असार १५, २०७८


दाङ। दाङमा  जारी लकडाउनलाई केहि खुकुलो गर्दै एक हप्ता थप गरिएको छ । आज बसेको कोरोना संकट व्यवस्थापन समितीको बैठकले  सार्बजनिक यातायात भने स्वास्थ्य मापदण्ड अपनाएर सन्चालन गर्ने निर्णय गरेको हो ।

त्यस्तै सरकारी कार्यालय, बैंक र बित्तीय सस्था समयाबधिसम्म खुल्ने अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले जानकारी दिनुभयो ।

बैठकले जिल्लामा एक हप्ता लकडाउन थप्दै असार २२ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो । सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय भएपछि भोलीदेखि लागू हुने गरि निजी र सार्वजनिक दुवै सवारी साधन जिल्ला भित्र चल्ने छन् ।

दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले दिएको जानकारी अनुसार जिल्लामा सरकारी कार्यालय, बैंक र बित्तीय सस्थामा कार्यालय अबधिभर बिहान १० बजेदेखी बेलुकी ५ बजेसम्म खुल्ने भएका छन । त्यस्तै दाङको बजार भने दैनिकरुपमा बेलुकी ६ बजेसम्म खोल्ने निर्णय भएको प्रजिअ कुरुम्बाङ्गले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="