दाङमा विभिन्न मुद्धामा फरार २ अभियुक्त पक्राउ


असार २३, २०७८


दाङ। दाङमा प्रहरीले विभिन्न मुद्धामा दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

कर्तव्य ज्यान मुद्धामा फरार अभियुक्तलाई झन्डै तिन बर्षपछि पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका १५ रतनपुर झिगौरा निवासी ४१ बर्षिय विर बहादुर चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता एवं डिएसपी मुकुन्द रिजालले जानकारी दिनुभयो ।

चौधरी विरुद्ध दाङ देउखुरी जिल्ला अदालतले २०७५ माघ २९ गते कर्तव्य ज्यान मुद्धामा दोषी ठहर गदै पाँच वर्ष कैद सजायको फैसला सुनाएको थियो । फरार भएका चौधरीलाई प्रहरीले मंगलवार पक्राउ गरी बुधवार अदालत बुझाएको छ । यसैगरी साईकल चोरी गरेको आरोपमा दाङमा एक युवक पक्राउ परेका छन् ।

विभिन्न समयमा साईकल चोरी गरेको आरोपमा घोराही उपमहानगरपालिका वडा नम्वर १४ बस्ने अन्दाजी १९ बर्षिय राहुल नेपालीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।नेपालीलाई मंगलवार तिन वटा साईकल सहित पक्राउ गरिएको डिएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिनुभयो ।

प्रहरीले ट्रिक्सन कम्पनीको माउन्टेन साईकल एउटा र कालो तथा रातो रङको दुई वटा साईकल बरामद गरेको हो । पक्राउ परेका नेपाली विरुद्ध चोरी मुद्धा दर्ता गरी आबश्यक अनुसन्धानका लागी म्याद थप भएको डिएसपी रिजालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="