काठमाण्डौ, नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट पुन : शेरबहादुर देउवा सभापतिमा निर्वाचित हुनुभएको छ ।मंगलबार भएको दोस्रो चरणको मतदानमा डा. शेखर कोइरालालाई पराजित गर्दै देउवा दोस्रो पटक सभापतिमा निर्वाचित हुनुभएको हो । यसअघि २०७२ मा भएको १३औं महाधिवेशनमा पनि उहाँ दोस्रो चरणको मतदानबाटै सभापतिमा निर्वाचित हुनुभएको थियो । पाटीका नेता रामचन्द्र पौडेललाई पराजित गदै उहा सभापतिमा निर्वाचित हुनु भएको थियो । यस पटक देउवाले २ हजार ७३३ मत ल्याउनुभयो। यस्तै शेखर कोइरालाले १ हजार ८५५ मत ल्याउनुभयो भने ३५ मत बदर भएको छ । दोस्रो चरणमा ४ हजार ६२३ प्रतिनिधिले मतदान गरेका थिए ।
कुल ४ हजार ७४३ महाधिवेशन प्रतिनिधिमध्ये पहिलो चरणमा ४ हजार ६६९ जनाले मतदान गरेका थिए । तर सभापतिका पाँच मध्ये कुनै पनि उम्मेदवारले ५० प्रतिशत भन्दा बढि ल्याउन सकेनन् ।पहिलो चरणको मतदानमा सवैभन्दा धेरै मत पाएका देउवाले २ हजार २५८ र शेखरले १ हजार ७०२ मत पाएका थिए । प्रकाशमान सिंहले ३७१, विमलेन्द्र निधिले २५० र कल्याण गुरुङले २२ मत पाएका थिए । दोस्रो चरणको चुनावमा सिंह, निधि र गुरुङले देउवालाई समर्थन गरेका थिए ।
कांग्रेसमा यसपटक नेतृत्व परिवर्तनको मुद्दा उठे पनि त्यसो हुन सकेन । संस्थानपन इतर समूह पहिलो चरणमा तितरबितर हुँदा र दोस्रो चरणमा शेखरबाहेकका अरु नेता देउवातिर उभिंदा दोस्रो चरणमा देउवाको सहज जित भएको हो । १३ औँ महाधिवेशनमा पराजय भोगेका पाटीका बरिष्ठ नेता पौडेल १४ औँ महाधिवेशनमा भने अरुलाई अघि सार्नु भएको थियो । पौडेल समुहबिच सहमती र एकता हुन नसक्दा देउवालाई फाईदा पुगेको छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस