तुलसीपुर खानेपानीको नेतृत्वका लागी अध्यक्षमा ६ जनाको उम्मेदवारी


पुष १२, २०७८


दाङ। तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको ९ पदका लागि ४० जनाको उम्मेदवारी परेको छ । निर्वाचन संयोजक पुष्कर भण्डारीका अनुसार अध्यक्षमा ६ जना, उपाध्यक्षमा ५ जना, सचिवमा ६ जना, कोषाध्यक्षमा ४ र सदस्यमा १९ जनाको उम्मेदवारी परेको छ । तुलसीपुर खानेपानीको आगामी नेतृत्वका लागि अध्यक्ष पदमा मनोज लामीछाने, यमकान्त भण्डारी, खेमराज वली, दीपक कुमार धिताल, निर्मल कुमार आचार्य, पवन राज बुढाथोकीको उम्मेवदारी परेको छ ।

त्यसैगरी उपाध्यक्ष पदमा शीताराम शर्मा, गिरीधारी प्रसाद पौडेल, निर्मला डिसी, पूर्ण प्रसाद धिताल र नारायण प्रसाद भण्डारीको उम्मेदवारी परेको छ । त्यस्तै सचिव पदमा सेवक राम भण्डारी, निर्मला भुषाल, मेघराज घिमिरे, गोपाल शर्मा र रञ्जनकुमार गौतमको उम्मेदवारी परेको छ । त्यस्तै कोषाध्यक्षमा भद्रबहादुर वली, मेघराज न्यौपाने, कर्णबहादुर वली र भोला थापाको उम्मेदवारी परेको छ ।

यस्तैगरी अन्य सदस्यहरुका लागी पुरुषतर्फ पदम बहादुर खड्का, लक्ष्मण डिसी, गोविन्द चन्द, लाल बहादुर खत्री, मनिकराम भण्डारी, कमल घर्ति, सन्तोष वली, यामराज केसी र चेत बहादुर बुढाथोकी गरी ९ र महिला सदस्य तर्फ आसा डिसी, गिता कुमारी विष्ट महतरा, थमा भण्डारी, यसोदा विश्वकर्मा, खुमा वली, सविता देवकोटा, यमुना कडेल शाह, ईश्वरा केसी, सिता रोका र डिला विश्वकर्मा गरी १० जनाले मनोनयन दर्ता गराएको उहाले जानकारी दिनुभयो ।

निर्वाचन कार्यतालिका अनुसार भोली विहान एघार बजे देखी चार बजे सम्म संसोधन सहितको उम्मेदवारहरुको नामावली प्रकाशन गरिने संयोजक भण्डारीले जानकारी दिनुभयो । अन्तिम नामावली १४ गते प्रकाशन गरिने उहाले जानकारी दिनुभयो । यहि पुस १७ गते निर्वाचनबाट एक जना अध्यक्ष, उपाध्यक्ष एक जना, सचिव एक जना, कोषाध्यक्ष एक जना र सदस्यमा पाँच जना निर्वाचित हुनेछन ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="