दाङ । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको हिजो सम्पन्न निर्वाचनको मतगणणा भइरहेको ।
निर्वाचन समितिले दिएको जानकारी अनुसार चार हजार चार सय पाँच मत मध्ये आईतवार विहान सात बजे सम्म दुई हजार चार सय मतगणना भएको हो । मतपरिणाम अनुसार कोषाध्यक्ष बाहेक अन्य सवै पदमा क्रियाशिल ९ राजनितिक दलका उम्मेदवारहरुको मत धेरै रहेको छ ।
समितिका संयोजक पुस्कर भण्डारीका अनुसार संस्थाको अध्यक्ष पदका उम्मेदवार यमकान्त भण्डारी १०९९, पवनराज बुढाथोकी ९४० र दिपक कुमार धितालले १५३ मत प्राप्त गर्नुभएको छ । यस्तै उपाध्यक्षमा सीताराम शर्मा आचार्य १२५९, गिरीधारी प्रसाद पौडेल ७९०, पूर्णप्रसाद धिताल २८ , सचिबमा सेवकराम भण्डारी १५४९ , दामोदर ३५८, कोषाध्यक्षमा भद्रबहादुर वली ८७९, भोलाप्रसाद थापा ९०२, मेघराज न्यौपाने १६६, कर्ण बहादुर वली ४२, सदस्यहरुमा लक्ष्मण केसी १४२३, पदमबहादुर खड्का ११७१ र सोविन्द्र चन्दले ६७० मत प्राप्त गर्नुभएको छ ।
गएराती ९ बजेदेखी मतगणना सुरु भएको हो । दुई स्थानबाट रातभर निरन्तर रुपमा मतगणना भईरहेको समितिका संयोजक भण्डारीले जानकारी दिनुभयो । अध्यक्ष पदका उम्मेदवार भण्डारीको प्यानललाई तुलसीपुर क्षेत्रका नौ राजनितिक दलहरुको सर्मथन रहेको छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस