दुबईमा जारी १३ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएलमा) सन्दीप लामिछाने आवद्ध टिम दिल्ली क्यापिटल्सले पाँचौं जित हात पारेको छ ।
राति भएको खेलमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई ४६ रनले हराएको हो । टस हारेर पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १८४ रन बनायो ।
जितका लागि १८५ रनको लक्ष्य पाएको राजस्थानले १९ ओभर ४ बलमा अलआउट हुँदै १३८ रन मात्रै बनाउन सक्यो ।
यो जितसँगै दिल्ली क्यापिटल्स १० अंकका साथ लिगको शिर्ष स्थानमा उक्लिएको छ भने राजस्थान ४ अंकका साथ सातौं स्थानमा रहेकोे छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस