कपिल लामिछाने
दाङ। नवजागरण युवा क्लव झिङ्गैकाे आयाेजनामा साेमबारबाट सुरु भएकाे फुटसलकाे उपाधि बि.एस.युवा क्लव तुलसीपुरले हात पारेकाे छ ।
दशैँकाे पुर्वसन्ध्यामा खसीकप फुटसल प्रतियाेगिता आयाेजना गरिएकाे थियाे । दश वटा टिमकाे सहभागिता रहेकाे उक्त खेल दुधरास साेनापुर मिनिरल्स एण्ड आयल प्रा.ली.काे खाली जमिनमा सम्पन्न भएकाे हाे । निकै प्रतिस्पर्धा रहेकाे फाईनल खेलमा बि.एस. युवा क्लव रानीजरुवाले बायाँखाेला युवा क्लवलाई ५-१ काे अन्तरले हराएकाे थियाे । खेलकाे ३ मिनेटमा बि.एस. युवा क्लवमा स्टाईगर अर्जुन नेपालीले पहिलाे गाेल गर्दै खाता खाेलेका थिए ।
लगातार पहिलाे हाफमा ३ गाेल गरेकाे बि.एस. युवा क्लवले मध्यान्तर पछि पुनः २ गाेल गर्दै खेलमा बिजयी भएकाे हाे । खेलकाे ४० मिनेटमा छायाँखाेलाले १ गाेल फर्काएपनि बि.एस. युवा क्लवले फराकिलो अन्तरमा खेल जितेकाे हाे । फाईनल खेलमा ह्याट्रिक गरेका अर्जुन नेपालीलाई बेष्ट प्लियरकाे उपाधि दिईएकाे थियाे ।
खेलकाे समापन कार्यक्रममा जव जागरण युवा क्लवका अध्यक्ष खगेन्द्र डाँगीले बिजयी खेलाडीलाई अबिर लगाउदै खसी उपाधि दिनुभएकाे थियाे । अनाैपचारिक कार्यक्रमका बिच खेलकाे समापन गरिएकाे थियाे भने कार्यक्रमकाे सहजिकरण नवजागरण युवा क्लवका सचिव कपिल लामिछानेले गर्नुभएकाे थियाे ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस