काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का नव नियुक्त बोर्ड सदस्यको शपथ आज (सोमबार) हुने भएको छ ।
युवा तथा खेलकुद मन्त्रालयले नव–नियुक्त बोर्ड सदस्यको शपथ राष्ट्रिय खेलकुद परिषद् (राखेप)को केन्द्रिय कार्यालय त्रिपुरेश्वरमा दिउँसो २ बजे राखेको छ ।
मन्त्रीपरिषद्को २९ गते बसेको बोर्ड बैठकले राखेपमा ९ जना बोर्ड सदस्य नियुक्त गरेको थियो ।
प्रधानमन्त्री केपी ओलीले बोर्ड सदस्यमा हरी खड्का, मानदेव हजारा, पुरेन्द्र बिक्रम लाखे, राजेश गुरुङ, मोहमद सागिर शेख, नन्दा बस्याल, एकेन्द्र कुँवर, चन्द्रबदना राई, सुुमित्रा चौधरीलाई मनोनित गरेको थिए ।
लगत्तै परिषद् अध्यक्षको हैसियतमा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले खेलकुद संघको सिफारिसमा रेनुका श्रेष्ठ र सुवर्णा श्रेष्ठलाई बोर्ड सदस्य नियुक्त गरेका थिए ।
नयाँ राष्ट्रिय खेलकुद विकास ऐन अनुसार खेलकुद मन्त्री विश्वकर्माले साउन १५ गते ६ जना बोर्ड सदस्य नियुक्त गरेका थिए ।
नयाँ ऐनले ३७ सदस्यीय राखेपको बोर्डको परिकल्पना गरेको छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस