काठमाण्डाै । नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेले अष्ट्रेलियाको बिग ब्यास लिग (बीबीएल) ट्वान्टी ट्वान्टी क्रिकेट होबर्ट हुरिकेन्सबाट खेल्ने भएका छन् ।
होबर्टले विदेशी खेलाडीको कोटामा सन्दीपलाई अनुबन्ध गरेको व्यवस्थापक रमन सिवाकोटीले जानकारी दिनुभयो । सन्दीपले लगातार तेस्रो पटक बीबीएल खेल्न लागेका हुन् । यसअघि सन्दीपले दुई सिजन मेलबर्न स्टार्सबाट बीबीएल खेलेका थिए ।
बीबीएलका लागि होबर्टमा सामेल हुन पाउँदा सम्मान महशुस गरेको सन्दीपले सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया दिएका छन् । नयाँ सिजनको बीबीएल आउँदाे डिसेम्बर १० अर्थात् मङ्सिर २५ गतेदेखि सुरु हुनेछ ।
यस सिजनमा हरेक टिमले तीन विदेशी खेलाडीलाई प्लेइङ सेटमा राख्न पाउने छन् । यसअघि बीबीएलमा दुई विदेशी खेलाडीलाई मात्र राख्न पाइने नियम थियो ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस