दोस्रो एकदिवसीय क्रिकेटमा अष्ट्रेलियाले भारतलाई ३ सय ९० रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिले ब्याटिङ थालेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ३ सय ८९ रन बनायो । उसका लागि स्टिभ स्मिथले १ सय ४ रनको शतकीय पाली खेले । उनले पहिलो खेलमा पनि शतक हानेका थिए ।
यस्तै डेविड वार्नरले ८३, मार्नुस लबुसचेज्नले ७० र एरोन फिन्चले ६० रन बनाए । ग्लेन म्याक्सवेल ६३ रनमा नटआउट रहे । भारतका लागि मोहम्मद सामी, जसप्रित बुम्राह र हार्दिक पाण्ड्याले १/१ विकेट लिए । ३ खेलको एकदिवसीय शृङ्खलामा अष्ट्रेलिया १–० ले अघि छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस