नेपाली क्रिकेट टिमका खेलाडी पारस खड्कालाई काेराेना भाइरसकाे सङ्क्रमण भएकाे छ । शुक्रबार सामाजिक सञ्जाल ट्विटरमा उनले यसबारेमा जानकारी दिएकाे हुन् ।
केही लक्षण देखिएपछि दुई दिनदेखि आफू आइसाेलेशनमा बसेकाे र स्वाद, गन्ध थाहा नपाएपछि काेराेना परीक्षण गर्दा शुक्रबार बिहान रिपाेर्ट पाेजेटिभ आएकाे खड्काले बताएका छन् । स्वास्थ्यसम्बन्धी प्राेटाेकलकाे पालना गर्दै हाेम आइसाेलेशनमा बसेकाे उनले ट्वीटमा लेखेका छन् ।
साथै उनले भाेलिदेखि चितवनमा सुरु हुन लागेकाे गाैतम बुद्ध कपकाे खेल गुमाउनुपरेकाे भन्दै दुःख व्यक्त गरेका छन् ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस