काठमाडौं । नेपाल चलचित्र संघले आउँदो पुस १० गतेदेखि फिल्म हल खोल्ने घोषणा गरेको छ ।
कोरोना भाइरस महामारी रोकथामका लागि २०७६ चैतमा सरकारले बन्द गरेको फिल्म हलहरु ९ महिना बितिसक्दा पनि खोल्ने निर्णय भएको छैन । तर हल व्यवसायीहरुले सोमबार पत्रकार सम्मेलन गरी पुस १० गतेदेखि एकतर्फी रुपमा हल खोल्ने घोषणा गरेका हुन् ।
सरकारले बारम्बार आफूहरुको मागलाई बेवास्ता गरेकाले एकतर्फी रुपमा हल खोल्ने घोषणा गर्नुपरेको संघका अध्यक्ष मधुसुदन प्रधानले बताए । ९ महिना हल बन्द हुँदा व्यवसायीलाई २ अर्ब रुपैयाँ भन्दा बढी घाटा लागेको उनको भनाइ छ ।
चलचित्र संघका महासचिव अशोक शर्माले विगत ७ महिनायता सरकारसँग आफूहरुको व्यवसायसँग जोडिएका विभिन्न माग राख्दै आएपनि आश्वासन मात्र दिएको बताए ।
पुस १० गते हल खोल्दा सरकारले बन्द गराउन खोजेमा आफूहरु गिरफ्तारी दिन पनि तयार रहेको महासचिव शर्माले बताए ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस