काठमाण्डाै । शुक्रबारदेखि सुरु भएको चौथो संस्करणको प्रधानमन्त्री राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा आर्मीले विजयी सुरुवात गरेको छ । गण्डकी प्रदेशलाई ९८ रनले हराउँदै आर्मीले विजयी सुरुवात गरेको हो ।
जितका लागि २ सय ८८ रनको लक्ष्य पछ्याएको गण्डकी ४८ ओभरमा एक सय ८९ रन बनाउँदै अलआउट भयो ।
गण्डकीलाई १ सय ८९ रनमा रोक्न आर्मीका राजेश पुलामीले पाँच विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ८७ रन बनायो । उसका लागि कप्तान विनोद भण्डारीले ७६ बलमा १ सय ११ रनको अविजित पारी खेले । त्यस्तै राजु रिजालले ४५, लोकेश बमले ४२ र राजेश पुलामीले ३८ रनको योगदान गरे ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस