दाङ,२० जेठ । चलचित्र पत्रकार संघ दाङले पर्यटन प्रवर्द्धनका लागि चलचित्र बहस सञ्चालन गरेको छ। दाङ जिल्लालाई सिने क्षेत्रमा कसरी समावेश गर्न सकिन्छ र पर्यटन प्रवर्धनमा सिने क्षेत्रको महत्व कस्तो रहन्छ भन्ने विषयमा बहस गरिएको थियो।
चलचित्र पत्रकार संघ दाङका अध्यक्ष सन्तोष केसीको अध्यक्षता एवं शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतको प्रमुख आतिथ्यता र नेपाली सिने क्षेत्रका चर्चित नायक निखिल उप्रेतीको विशेष उपस्थितिमा उक्त बहस गरिएको थियो।
बहसमा सहभागीहरूले दाङ पर्यापर्यटन र चलचित्र छायांकनका लागि उत्कृष्ट स्थान भएपनि सिने क्षेत्रले दाङलाई सधैं उपेक्षा गरिरहेको बताएका थिए।
नेपाली गीत संगीत र चलचित्र क्षेत्रमा दंगाली कलाकारहरूको महत्त्वपूर्ण भूमिका रहे पनि यस क्षेत्रलाई पनि चलचित्र क्षेत्रले व्यवस्था गर्नु दाङ र दङ्गालीका लागि चिन्ताको विषय भएको बताएका थिए।
चलचित्र छायाङ्कनका लागि कलाकारको रोजाइमा दाङ किन पर्दैन? लगानी प्रवर्धनमा समस्या किन? चलचित्रको साख बचाउन दंगाली कलाकारको भुमिका प्रमुख भएपनी यस क्षेत्रमा चलचित्र बिकास बोर्ड र लगानीकर्ताले दाङलाई किन उपेक्षा गर्नुको कारण के ? लगायतका विषयमा बहस गरिएको थियो।
बहसमा उठेका प्रश्नहरूको जवाफ दिँदै अभिनेता निखिल उप्रेतीले दाङ चलचित्र छायांकनका लागि उत्कृष्ट स्थान भएपनि प्रचारप्रसारको कमीले गर्दा नेपाली चलचित्रहरू यस क्षेत्रमा छायांकन हुन नसकेको बताएका थिए। उनले चलचित्रको विकाससँगै सिनेमा हालको विकास गर्न पनि आवश्यक रहेको औल्याएका थिए। कुनै समय १४ वटा चलचित्र हल रहेको दाङमा अहिले १० वटा हलहर पूर्ण रुपमा बन्द अवस्थामा रहनुले चलचित्र क्षेत्रका लागि सुखद पक्ष नरहेको बताए।
उनले दोहोरो कर प्रणाली,लगानीको असुरक्षा लगाएतका विभिन्न कारण देखाउदै केही समय अघिबाट अधिकांश हल अहिले पुर्ण रूपमा बन्द अवस्थामा रहेको जानकारी दिए।
चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाको आयोजना तथा शान्तिनगर गाउँपालिकाको सहकार्यमा धार्मिक तथा पर्यटकीय क्षेत्र सुईकोटमा शनिबार आयोजित सिनेमा र पर्यटन बिषयक संवाद कार्यक्रममा उनले यस्तो बताएका हुन्।
स्थानिय स्तरका विषयलाई केन्द्रमा मात्र होईन विश्वसामु चिनाउन समेत दाङका विभिन्न महत्वपूर्ण पर्यटकीय तथा धार्मिक स्थानहरु पर्याप्त रहेको बताए। चलचित्र प्रदर्शनिका समय पहिलोपटक दाङ आएका उनले पाएको दंगालीको अथाह मायाले नै फिल्मी क्षेत्रमा उर्जा थपेको स्मरण गरे।
सिनेमा र पर्यटन बिषयक कार्यक्रमका प्रमुख बक्ताका रुपमा दाङ आएका उनले चलचित्र छायाँकनका लागि दाङलाई उपेक्षा गर्नुपर्ने कुनैपनि कारण नरहेको बताए
‘आफ्नो ठाउँको सुन्दरताको भिडियो हामिले किन नबनाउने,‘उनले भने-‘कला त्यो चिज हो जुन चिजले कुरुपतालाई पनि सुन्दरतामा प्रस्तुत गर्न सक्छ । तर दाङ आफैमा सुन्दर जिल्ला हो । चलचित्र छायाँकनका लागि प्रशस्त सम्भावित क्षेत्रहरु हुँदापनि आदर्श धेरै प्रयोगात्मक रुपमा कमि भएको महशुस गरेको छु ’ ।
स्थानीय क्षेत्रको धार्मिक तथा पर्यटन बिकास र प्रचारप्रसारका लागि हृदयमा प्रेमको कमी नै समस्याको बाधक तत्व रहेको बताए।
सहजकर्ता धुर्वराज न्यौपानेले नेपाली सिनेमाले स्थानीय पर्यटन तथा प्रवद्र्धन गर्न सक्छन् ? भन्ने प्रश्नमा अभिनेता उप्रेतीले स्थानीय पर्यटन प्रबर्द्धनका लागि चलचित्र भन्दा राम्रो अन्य कुनै माध्यम नरहेको बताएका थिए ।
सो अवसरमा शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतले पर्यटन विकास र प्रवर्द्धनका लागि स्थानीय सरकार सधैं तत्पर रहेको बताएका छन्।
शान्तिनगर गाँउपलिकामा धार्मिक तथा पर्यटन विकासका लागि काम अगाढि बढाइएको उनले बताए ।
वडा नम्बर १ मा रहेको पाँच सय वर्ष पुरानो खड्काकोट दरवार र बंकर,वडा नम्बर ३ मा रहेको पालिकाकै सबैभन्दा ठुलो शक्तिपिठ सुन्दरादेवि भगवति मन्दिर, छहरा,वडा नम्बर ७ लगाएत अन्य स्थानहरुमा रहेका मठ मन्दिर तथा धार्मिक एवम पर्यटकीय स्थलहरु रहेपनि प्रचारप्रसारको कमिले ओझेलमा रहेको भन्दै डकुमेन्ट्रीहरू निर्माण गरिएको र उक्त डकुमेन्ट्रीलाई चलचित्र विकास बोर्डमा लैजाने समेत प्रतिबद्धता व्यक्त गरेका थिए।
गाउँपालिकामा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि प्रचार प्रसारको कार्य शुभारम्भ भएको शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतले बताए।
पर्यटन र संस्कृर्तिमा लगानी गर्ने योजना नहुँदा स्थानीय पर्यटन प्रवद्धनमा समस्या रहेको संंस्कृतिविद डा.गोविन्द आचार्यले बताए।
‘पालिकाहरुमा पर्यटन र संस्कृर्तिमा लगानी गर्ने बजेट हुँदैन,कतिपय पालिकामा यो विषय हर्ने शाखा समेत राखिएको छैन,‘उनले भने- ‘मौलिकता र संस्कृर्तिका नाममा घेरिएको छ तर नेपाली चलचित्रको तुलनामा हिन्दी चलचित्र बढि हेरेको पाइन्छ यही अवस्था कायम रहे नेपाली चलचिच बजारको अवस्था गाह्रो देखिन्छ ’।
दाङमा चलचित्र छायाँकनका लागि सम्भावनायुक्त स्थानहरु रहेपनि सडक पूर्वाधारको अवस्था,पर्याप्त लगानी गर्न निर्माता तयार नहुनु,प्रचार प्रसारको अभाव लगाएतका कारण समस्या भएको आचार्यले बताए । स्थानिय पर्यटन र संस्कृर्तिको विकासका लागि प्रत्यक पालिकाले यथेष्ट बजेट विनियोजन गर्नुपर्ने सुझाव दिए।
सिनेमाको जहाँ सबैभन्दा धेरै व्यापार हुन्छ सोही क्षेत्रमा चलचित्रहरुपनि बढि छाँयाकन हुने गरेको चलचित्र पत्रकार संघ नेपालका केन्द्रिय उपाध्यक्ष कुबेर गिरीले बताए।
वडा नम्बर ३ का अध्यक्ष मिनबहादुर केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा दंगिशरण गाँउपालिकाका अध्यक्ष सम्भु गिरी,शान्तिनगर गाँउपालिकाका उपाध्यक्ष प्रेमा केसी बुढाथोकी, पर्यटन विकास केन्द्र दाङका अध्यक्ष डा.लोकराज पराजुली लगाएतले स्थानीय तहमा धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि प्रचारप्रसारमा स्थानीय तहले मिले काम गर्नुपर्ने बताएका थिए ।
कार्यक्रमको सहजिकरण रिपोटर्स कल्वका महासचिव विमल गौतमले गरेका थिए भने सिनेमा र पर्यटन बिषयक संवाद कार्यक्रमको सहजीकरण चलचित्र पत्रकार संघ नेपालका केन्द्रिय सदस्य ध्रुवराज न्यौपानेले गरेका थिए।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस