body1

लागु औषध दुर्व्यसन रोकथाम तथा नियन्त्रणमा हाम्रो सहभागिता


जेठ २७, २०८१


लागु पदार्थ भनेको के हो?

सामान्यतया शारीरिक र मानसिक स्वास्थ्य, चेतना र अनुभूतिलाई विकृत तुल्याउने पदार्थलाई लागु पदार्थ भनिन्छ।यस्ता पदार्थले मानिसको केन्द्रिय स्नायू प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाईमा परिवर्तन ल्याउँदछ। अर्थात विभिन्न प्रकारका मादक पदार्थ, लागु तथा पेय पदार्थ जसले मानिसको दिमागमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा हानि पुर्याउँछ त्यस्ता बस्तुहरूलाई लागु पदार्थ भनिन्छ।यसको सेवन तथा प्रयोगले व्यक्तिको मानसिक स्थिति तथा शारिरीक स्थितिमा नकारात्मक परिवर्तन ल्याउदछ। लागु पदार्थको प्रयोगबाट निस्कने परिणाम निकै नै डरलाग्दो र भयावह हुन्छ। यसले व्यक्ति स्वयंलाई मात्र नभएर, परिवार, समाज, राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमै खतरा पैदा गर्दछ। यो  मादक पदार्थ (रक्सी) भन्दा दशौँ गुणा हानिकारक हुन्छ।विश्व स्वास्थ्य संगठनले लागु पदार्थलाई स्वस्थ शरिरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनि परिभाषित गरेको छ।

ad

कानूनद्वारा निषेधित गाँजा अफिम हिरोइन मर्फिन कोकिन आदि अवैध लागु औषध हो भने सूर्तिजन्य पदार्थ र मदिरा कानूनद्वारा नियन्त्रित लागु पदार्थ हो।लागु औषध नियन्त्रण ऐन २०३३को दफा ३मा लागु औषध भनेर निम्न लाई परिभाषित गरेको छ

ad
  • गाँजा
    • औषधोपयोगी गाँजा
    • अफिम
    • तैयारीको अफिम
    • औषधोपयोगि अफिम
    • कोकाको झार र पात र
    • अफिम तथा कोककाको सारतत्व मिश्रण वा लवण समेत मिलाई तयार गरिने कुनै पदार्थ।
    • नेपाल सरकारले समय समयमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिएका प्राकर्तिक वा कृत्रिम लागु औषध तथा मनोदिपक पदार्थ (साइकोट्रपिक्स सब्स्टान्स) र तिनको लवणहरू तथा अन्य पदार्थ समेत सम्झनु पर्दछ भनि परिभाषित गरिएको छ।

लागु ‍औषधका प्रकार

ad

मुख्य गरेर लागु पदार्थहरूलाई दुई भागमा बिभाजन गरिएको छ।

ad
  • प्राकृतिक लागु पदार्थः- प्राकृतिक रुपमा उम्रने वा मानिसद्धारा उत्पादित पदार्थहरू जस्तै– गाजा, चरेस, भाङ्ग, धतुरो, अफिम, रक्सी, आदिलाई प्राकृतिक लागु पदार्थ भनिन्छ।
  • औषधि जन्य लागु पदार्थः– मानव जीवन रक्षाको लागि निर्मित औषधिजन्य पदार्थहरू जसलाई चिकित्सकको सल्लाह विपरित नशा लिनको लागि प्रयोग गर्दछन् त्यसलाई औषधिजन्य लागु पदार्थ भनिन्छ। जस्तैः- नाइट्रोसन, नाइट्रोभ्याट, प्रोक्सीभोन,, नोर्फिन, कोडिन, कोरेक्स, फेन्सीडिल, फेनकोडिन नो–कफ आदि।

लागु ‍औषध प्रयोगका कारणहरू

लागु औषध दुर्व्यसनका कारणहरू देहाय अनुसारका रहेको पाइयोः

  •  साथीसँगीको दबाब
  • मनोरञ्जनका लागि
  • उत्सुकता
  • खुसी हुन
  • मानसिक तनाव
  • पारिवारीक समस्या
  • डिप्रेसन
  • पढार्इमा समस्या

लागु ‍औषध प्रयोगकर्तामा देखापर्ने लक्षणहरू

लागु औषध प्रयोगकर्ताहरूमा देहाय अनुसारका कुनै वा सबै लक्षणहरू देखिन सक्दछन।

  • एकान्तमा बस्न रुचाउने।
  • असमान्य व्यवहार देखाउने।
  • दुव्लाउदै जाने।
  • पढ्न मन नगर्ने।
  • अपराध कर्ममा लाग्ने।
  • धन सम्पतिको बरबादी तिर लाग्ने।
  • समाजमा बिभिन्न प्रकारका अपराधहरू घट्दै जाने।
  • सामाजिक मुल्य र मान्यताहरू भतकिदै जाने।

लागु औषधका असरहरू

लागु पदार्थको सेवनबाट हुने असरहरूलार्इ देहाय अनुसार उल्लेख गर्न सकिन्छ।

  • शारीरिक असरः- एच.आई.भि.÷एड्स, हेपाटाईटिस तथा यौनजन्य रोगहरू संक्रमण हुने, तौल घट्ने, शरीर दुब्लाउने, खानामा रूचि नहुने, ओभरडोज भएर मृत्यु समेत हुने ।
  • मानसिक असरः- एकोहोरोपन, फ्रस्टेसन, डिप्रेशन, सोच्न सक्ने शक्ति हराउने, स्मरण शक्ति कम हुने, नकारात्मक भावनाको श्रृजना, आत्महत्या गर्न प्रेरित हुने।
  • पारिवारिक तथा सामाजिक असरः- पारिवारिक असमझदारी बढ्ने, घरको सामानहरू चोरी हुने, दैनिक झगडा गर्ने, सम्पत्ति घट्दै जाने, पारिवारिक दुरि बढने, अनैतिक कार्यमा संलग्न हुने ईत्यादि।

नेपालमा हाल कति लागु ‍औषध प्रयोगकर्ता

नेपाल लागु औषध प्रयोगकर्ता सर्वेक्षण २०७६का अनुसार नेपालमा १,३०,४२४ जना लागु औषध प्रयोगकर्ता रहेको देखिन्छ। यस अघि २०६९मा गरिएको सर्वेक्षणमा ९१,५३४ जना प्रयोगकर्ता थिए। २०७६को सर्वेक्षण प्रतिवेदन अनुसार लागु औषध प्रयोगकर्ताको वार्षिक वृद्धिदर ५.०६प्रतिशत रहेको छ।

नेपाल लागु औषध प्रयोगकर्ता सर्वेक्षण २०७६ का अनुसार लागु ‍औषध प्रयोगकर्ताको प्रदेशगत अवस्था देहाय बमोजिम रहेको छ:

प्रदेशपुरुषमहिलाजम्मा
कोशी प्रदेश२७०१३५९२ २७६०५
मधेश प्रदेश१५६१४२२० १५८४३
बागमति प्रदेश४०८५५५६२५४६४८०
गण्डकी प्रदेश७९६८९८८८९५६
लुम्बिनि प्रदेश२४९१२१०१८२५९३०
कर्णाली प्रदेश१७६८४३१८११
सुदुर पश्चिम प्रदेश३५६२२४६३८०८
जम्मा१२१६९२८७३२१३०४२५

नेपाल लागु औषध प्रयोगकर्ता सर्वेक्षण २०७६ का अनुसार लागु ‍औषध प्रयोगकर्ताको उमेरगत अवस्थालाई हेर्दा देहाय बमोजिम देखिन्छ।

लिङ्गलागु ‍औषध प्रयोगकर्ताको उमेर समुह (वर्ष) 
१५बर्ष भन्दा कम१५-१९२०-२४२५-२९३०-३४३५-३९४०-४४४५-४९५० भन्दा माथि
पुरुष ०.२६.९ ३३.४३५.५ १२.९६.८२.८ १.१०.५
महिला०.० १२.१५१.५ २९.३६.११.००.० ०.० ०.०

लागु ‍औषध प्रयोगकर्ताको उमेरगत अवस्थालाई हेर्दा २५-२९ उमेर समुहका पुरुपमा र २०-२४ उमेर समुहका महिलामा लागु औषधदुर्व्यसनी अवस्था भहावहदेखिन्छ।

लागु ‍औषध नियन्त्रणका लागि रहेका कानूनी व्यवस्थाहरू

लागु ‍औषध नियन्त्रणका लागि रहेका कानूनी व्यवस्थाहरू देहाय वमोजिम रहेको छ

  • लागु औषध (नियन्त्रण) ऐन, २०३३
  • लागु औषध नियन्त्रण राष्ट्रिय नीति, २०६३
  • लागु औषध नियन्त्रण रणनीति, २०६६
  • लागु औषध नियन्त्रण कार्ययोजना,२०७५
  • लागु ‍औषध प्रयोगकर्ताहरूको लागि उपचार तथा पुन:स्थापना केन्द्र सञ्चालन निर्देशिका,२०७५
  • लागु औषधको नियन्त्रण र रोकथामसम्बन्धी कार्यक्रम सञ्चालन सम्बन्धमा स्थानिय तहलाई मार्गदर्शन,२०७६
  • लागु ‍औषधको मौखिक प्रतिस्थापन उपचार पद्धति कार्यसञ्चालन निर्देशिका,२०७०
  • साझेदारीमा लागु औषध प्रयोगकर्ताहरूको उपचार तथा पुनस्थापना केन्द्र सञ्चालन सम्बन्धी कार्यविधि,२०७५

लागु ‍औषध नियन्त्रणका लागि रहेका संस्थागतव्यवस्थाहरू

लागु औषध नियन्त्रणको प्रमुख केन्द्रीय निकायको रुपमा गृह मन्त्रालय रहेको र साथ साथै लागु औषध नियन्त्रणका सम्बन्धमा गृह मन्त्रालय मातहत देहाय अनुसारको संस्थागत व्यवस्था रहेको छ।

  • मा.गृहमन्त्रीज्यूको अध्यक्षतामा रहेको उच्च स्तरीय लागु औषध नियन्त्रण राष्ट्रिय निर्देशन तथा समन्वय समिति।
  • गृह सचिवज्यूको संयोजकत्वमा लागु औषध नियन्त्रण कार्यकारी समिति
  • गृह मन्त्रालयले तोकेको सहसचिवले मूख्य लागु औषध नियन्त्रण अधिकारीको रुपमा कार्य गर्ने
  • लागु औषध नियन्त्रण शाखा
  • लागु औषध नियन्त्रण व्यूरो
  • नेपाल प्रहरीका स्थानीय स्तरमा रहेका कार्यालयहरू
  • सशस्त्र प्रहरी वल नेपाल तथा स्थानीय कार्यालयहरू
  • जिल्ला प्रशासन कार्यालयहरू
  • अन्यः
    • स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
    • राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र

लागु ‍औषध सम्बन्धी अपराधमा सजायको व्यवस्था

लागु औषध नियन्त्रण ऐन, २०३३ले देहाय अनुसार निषेधित कार्य भनि व्यवस्था गरेको छ र ती निषेधित कार्यहरूमा देहाय अनुसार दण्ड सजायको व्यवस्था पनि गरेको छ।

कानूनले निषेध गरेका कार्यहरूः

क) गाँजाको खेती गर्न, उत्पादन गर्न, तैयारी गर्न, खरीद गर्न, विक्री वितरण गर्न, निकासी वा पैठारी गर्न, ओसार पसार गर्न, सन्चय गर्न वा सेवन गर्न,

ख) अफीम वा कोकाको खेतीगर्न वा अफीम वा कोकाको पात वा अन्य लागु औषधको उत्पादन गर्न,

ग) लागु औषधको निर्माण वा तैयारी गर्न,

घ) लागु औषधको विक्री वितरण गर्न,

ङ) लागु औषधको निकासी वा पैठारी गर्न,

च) लागु औषध खरीद गर्न, संचय गर्न, राख्न वा ओसार पसार गर्न,

छ) गाँजाबाहेक अन्य लागु औषध सेवन गर्न,

दण्ड सजाय

क) गाँजा सेवन गर्ने व्यक्तिलाई एक महीनासम्म कैद वा दुई हजार रुपैयाँसम्म जरिवाना।

ख) पच्चीसवटा बोटसम्म गाँजाको खेती गर्ने व्यक्तिलाई तीन महिना सम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिवाना।

ग) पच्चीसवटा बोट भन्दा बढी गाँजाको खेती गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद वा पाँच हजार रुपैयाँ देखि पच्चीसहजार रुपैयाँसम्म जरिवाना।

घ) गाँजा उत्पादन, तयारी, खरीद, विक्री, वितरण निकासी वा पैठारी , ओसार पसार तथा संचय गर्ने व्यक्तिलाईः-

१) पचास ग्रामसम्मको भए तीन महिनासम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिवाना।

२) पचास ग्रामदेखि पाँचसय ग्रामसम्मको भए एक महीनादेखि एक वर्ष सम्म कैद र एक हजार रुपैयाँदेखि पाँच हजार रुपैयाँसम्म जरिवाना।

३) पाँचसय ग्रामदेखि दुई किलो ग्रामसम्मको भए ५ महीनादेखि दुई वर्षसम्म कैद र दुई हजार रुपैयाँदेखि दश हजार रुपैयाँसम्म जरिवाना।

४) दुई किलो ग्रामदेखि दश किलो ग्रामसम्मको भए एक वर्षदेखि तीन वर्षसम्म कैद र पाँचहजार रुपैयाँदेखि पच्चीस हजार रुपैयाँसम्म जरिवाना।

५) दश किलो ग्रामदेखि माथि जतिसुकै भए पनि दुई वर्षदेखि दश वर्षसम्म कैद र पन्ध्र हजार रुपैयासम्म एक लाख रुपैयाँसम्म जरिवाना।

ङ) अफीम, कोका वा सोबाट बनेको लागु औषधको सेवन गर्ने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिवाना।

च) अफीम वा कोकाको खेती गर्ने व्यक्तिलाईः-

१) पच्चीसवटा बोटसम्म भए एक वर्षदेखी तीन वर्षसम्म कैद र पाँच हजार रुपैयाँदेखि पच्चीसहजार रुपैयाँसम्म जरिवाना।

२) पच्चीस बोट भन्दा माथि जतिसुकै भए पनि तीन वर्षदेखि दश वर्षसम्म कैद र पच्चीस हजार रुपैयाँदेखि दुई लाख रुपैयाँसम्म जरिवाना।

छ) अफिम, कोका वा सोबाट बनेका लागु औषधको सेवन र खेती गर्ने कार्य बाहेक अन्य निषेधित कार्य गर्ने व्यक्तिलाईः-

१) पच्चीस ग्रामसम्मको कारोवार गर्नेलाई पाँच वर्षदेखि दश वर्षसम्म कैद र पाँच हजार रुपैयाँदेखि पच्चीस हजार रुपैयाँसम्म जरिवाना।

२) पच्चीस ग्रामदेखि एक सय ग्रामसम्मको कारोवार गर्नेलाई दश वर्षदेखि पन्त्र्र वर्षसम्म कैद र पचहत्तर हजार रुपैयाँदेखि दुई लाख रुपैयाँसम्म जरिवाना।

३) एक सय ग्रामदेखि माथि जतिसुकै परिणामको कारोवार गर्नेलाई पन्ध्र वर्षदेखि जन्म कैद र पाँचलाख रुपैयाँदेखि पच्चीस लाख रुपैयाँसम्म जरिवाना।

ज) नेपाल सरकारले समय समयमा नेपाल राजपत्रमा सुचना प्रकाशित गरि तोकीदिएका प्राकृतिक वा कृत्रिम लागु औाष्ध तथा मनोद्दीपकपदार्थ (साईकोट्रपिक सब्स्ट्रान्स) र तिनको लवण र अन्य पदार्थ समेतको दूव्र्यसन गर्ने व्यक्तिलाई दुई महीनासम्म कैद वा दुई हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय।

झ) माथि खण्ड (ज) मा लेखिएदेखि बाहेक अन्य निषेधित कार्य गर्ने व्यक्तिलाई दुई वर्षदेखि दश वर्षसम्म कैद र एक लाख रुपैयाँदेखि वीस लाख रुपैयाँसम्म जरिवाना।

लागु ‍औषध प्रयोगकर्तामा देखापर्ने स्वास्थ्य समस्याहरु

लागु ‍औषधको प्रयोगबाट प्रयोगकर्ताहरूमा हेपाटाइटिस B/C, क्षयरोग, एच.आई.भि./एड्स, एस.टि.डी., कुपोषण लगायत विभिन्न स्वास्थ्य समस्या देखापर्दछन्।त्यसैगरी लागु औषधको सेवनबाटै व्यक्तिको अकालमा ज्यानै पनि जाने गर्दछ।

नेपालमा लागु ‍औषध नियन्त्रणको सुरुवात: वि.सं.२०३३सालभन्दा अगाडी नेपालमा गाँजाजन्य पदार्थहरू खुल्लम खुल्ला विक्री वितरण हुने गर्दथे। जब लागु औषध नियन्त्रण ऐन,२०३३कार्यान्वयनमा आयो त्यसपछि लागु औषधलाई कानूनतः प्रतिवन्ध लगाइयो। तथापी संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषद्ले सन् 1961 मा SINGLE CONVENTION ON NARCOTIC DRUGS, 1961  लागु गरेपछी विश्वस्तरबाट नै यसको नियन्त्रण सुरुवात भएको हो।

लागु ‍औषध प्रयोगकर्तालाई कुलतबाट छुटाउने उपचार सम्बन्धी व्यवस्था : लागु औषध दूर्व्यसनमा फसेका व्यक्तिहरूलार्इ दूर्व्यसनबाट छुटार्इ समाजमा पुनर्स्थापना गर्न नेपालभर २४० भन्दा बढी उपचार तथा पुनर्स्थापना केन्द्रहरू संचालनमा रहेका छन।ती केन्द्रहरूमा विभिन्न वैज्ञानिक विधिको प्रयोग गरेर डिटक्सिफाइ गर्ने गरिन्छ। विशेषज्ञ चिकित्सकको सल्लाहमा उपयुक्त औषधिको प्रयोग पनि गर्ने गरिन्छ।

लेखक: दर्शन आचार्य

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="