body1

२१ औं राष्ट्रिय धान दिवस २०८१ को नारा – “जलवायुमैत्री कृषि, धान उत्पादनमा बृद्धि”


असार १६, २०८१


२१ औं राष्ट्रिय धान दिवस २०८१ को नारा – “जलवायुमैत्री कृषि, धान उत्पादनमा बृद्धि।” सधैका बर्षको असार १५ जस्तै यस बर्षको असार १५ मा पनि २१ औं राष्ट्रिय धान दिवस २०८१ मनाईदैछ।यस बर्ष धान दिवसको नारा-“जलवायुमैत्री कृषि, धान उत्पादनमा बृद्धि” रहेको छ।

ad

वि.स. २०६१ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो।२० औं राष्ट्रिय धान दिवस २०८० को नारा-“जलवायु अनुकुलित कृषक मैत्री प्रविधि, धान उत्पादनमा बृद्धि रहेको थियो भने १९ औं राष्ट्रिय धान दिवस २०७९ को नारा-“धानवालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग” भन्ने रहेको थियो।

ad

पन्ध्रौ योजनाको (२०७६/७७- २०८०/८१) धान उत्पादकत्वको लक्ष्य ४.५ मेट्रिक टन प्रति हेक्टर रहे पनि आ.व. ७९/८० सम्म आउदाँ धानको उत्पादकत्व ३.७८ मेट्रिक टन प्रति हेक्टर रहेको छ जुन योजनाको लक्ष्यबाट धेरै टाढा हो।

ad

धान नेपालको प्रमुख खाद्यान्न बाली हो।कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेशा खेतीपाती हो।हामी सबैलाई भात मनपर्छ र भातले नै हाम्रो भोक मेटाउँछ।प्राय हुने खाने होस् वा हुदाँ खाने सबै नेपालीहरुको भान्सामा एक छाक चामलको भात पाकेकै हुन्छ।त्यसैले होला किसान पनि वर्षभरको छाक जुटाउनको लागी यो महिना खेतीमा व्यस्त हुन्छन्आ जका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ।

ad

छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ।मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन्। कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्यूरा खान्छन्। यसबेला दही च्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ।

असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वका रुपमा पनि लिइन्छ। राष्ट्रिय धान दिवस २०८१ को नारालाई राम्रो सँग नियाल्ने हो भने जलवायुमैत्री कृषि र धानको उत्पादनमा बृद्धि गर्ने कुरामा जोड दिएको सजिलै देख्न सकिन्छ।भौगोलिक विविधता कारण नेपालमा ठाँउ अनुसारको फरक-फरक हावापानी पाइन्छ।

पुर्वी तराईका जिल्लाहरु अत्याधिक बर्षाका कारण बाढी, पहिरो जस्ता समस्या भोगिरहदाँ, पश्चिमका तराई जिल्लामा बर्षा हुन सकेको छैन।अझ आकाशको बर्षामा भर परेर खेति गर्नु पर्ने ठाँउमा त धान खेति शुरु हुन सकेको छैन।तसर्थ यस बर्षको धान दिवसले सबै धान रोप्ने ठाँउलाई समेट्न नसक्ने छर्लङ नै छ।

नेपाल कृषि अनुसन्धान परीषद (नार्क)ले धानाबालीका ९९ खुल्ला सेचित जात र ५८ वर्णशंकर जात गरी जम्मा १५७ वटा जातहरु विकास गरेको छ।नार्कले जलवायुमैत्री कृषिलाई मध्यनजर गर्दै धानको खडेरी सहन सक्ने, डुवान सहन सक्ने, चिसो सहन सक्ने जातहरुको विकास गरेको छ। नार्कले धानको खडेरी सहन सक्ने जातहरु जस्तै सुख्खा धान-१, सुख्खा धान-२, सुख्खा धान-३, सुख्खा धान-४, सुख्खा धान-५, सुख्खा धान-६, तरहरा-१ र हर्दिनाथ-२ विकास गरेको छ भने डुवान सहन सक्ने जातहरुमा स्वर्ण सव-१, साँवा मसुली सव-१, सेहराङ्ग सव-१ विकास गरेको छ।

त्यस्तै खडेरी र डुबान दुबै सहन सक्ने जातहरुमा बहुगुणी धान-१, बहुगुणी धान-२ र सुख्खा धान-६ विकास गरेको छ। चिसो सहन सक्ने जातमा भने लेकाली धान-१, लेकाली धान-३ र चन्दननाथ- ३ विकास गरेको छ। नार्कले विकास गरेको वर्णशंकर धान हर्दिनाथ हाईब्रिड धान-१, हर्दिनाथ हाईब्रिड धान-३
रहेको छ।

बिगत १० बर्षको धान उत्पादन हुने क्षेत्रफल, उत्पादन र उत्पादकत्वको तथ्याङ्ग नियाल्ने हो भने क्षेत्रफल, उत्पादन र उत्पादकत्वमा सोचे जति आमुल परीवर्तन भने आएको देख्न सकिदैन।

पन्ध्रौ योजनाको (२०७६/७७- २०८०/८१) धान उत्पादकत्वको लक्ष्य ४.५ मेट्रिक टन प्रति हेक्टर रहे पनि आ.व. ७९/८० सम्म आउदाँ धानको उत्पादकत्व ३.७८ मेट्रिक टन प्रति हेक्टर रहेको छ जुन योजनाको लक्ष्यबाट धेरै टाढा हो।

दश आ.व.को धान उत्पादन हुने क्षेत्रफल हेर्ने हो भने आ.व. ६९/७० मा १४२०५७० हे. आ.व. ७०/७१ मा १४८६९५१ हे.
आ.व. ७१/७२ मा १४२५३४६ हे. आ.व. ७२/७३ मा १३६२९०८ हे. आ.व. ७३/७४मा १५५२४६९ हे. आ.व. ७४/७५ मा १४६९५४५ हे. आ.व. ७५/७६ मा १४९१७४४हे आ.व. ७६६७ मा १४५८९१५ हे आ.व. ७७/७८ मा १४७३४७४ हे आ.व. ७८/७९ मा १४७७३७८ हे आ.व. ७९/८० मा १४४७७८९ हे. मा धान खेति गरीएको छ।

त्यस्तै धानको उत्पादनको तथ्याङ्क नियाल्ने हो भने आ.व. ६९/७० मा ४५०४५०३ मेट्रिक टन, आ.व. ७०/७१ मा ५०४७०४७ मेट्रिक टन, आ.व. ७१/७२ मा ४७८८६१२ मेट्रिक टन, आ.व. ७२/७३ मा ४२९९०७९ मेट्रिक टन, आ.व. ७३/७४ मा ५२३०३२७ मेट्रिक टन, आ.व. ७४/७५ मा ५१५१९२५ मेट्रिक टन, आ.व. ७५/७६ मा ५६१००११ मेट्रिक टन, आ.व. ७६/७७ मा ५५५०८७८ मेट्रिक टन, आ.व. ७७/७८ मा ५६२१७१० मेट्रिक टन, आ.व. ७८/७९ मा ५१३०६२५ मेट्रिक टन, आ.व. ७९/८० मा ५४८६४७२ मेट्रिक टन उत्पादन भएको देखीन्छ।

उत्पादकत्वको तथ्याङ्क नियाल्ने हो भने आ.व. ६९/७० मा ३.१७ मेट्रिक टन प्रति हेक्टर, आ.व. ७०/७१मा ३.३९ मेट्रिक टन प्रति हेक्टर, आ.व. ७१/७२ मा ३.३६ मेट्रिक टन प्रति हेक्टर, आ.व. ७२/७३ मा ३.१५ मेट्रिक टन प्रति हेक्टर, आ.व. ७३/७४ मा ३.३७ मेट्रिक टन प्रति हेक्टर, आ.व. ७४/७५ मा ३.५१ मेट्रिक टन प्रति हेक्टर, आ.व. ७५/७६ मा ३.७६ मेट्रिक टन प्रति हेक्टर, आ.व. ७६/७७ मा ३.८० मेट्रिक टन प्रति हेक्टर, आ.व. ७७/७८ मा ३.८२ मेट्रिक टन प्रति हेक्टर, आ.व. ७८/७९ मा ३.४७ मेट्रिक टन प्रति हेक्टर, आ.व. ७९/८० मा ३७८ मेट्रिक टन प्रति हेक्टर उत्पादकत्व भएको देखिन्छ।

चालु आर्थिक वर्ष (२०७९/८०) को ११ महिनामा ३३ अर्ब ६४ करोड ३१ लाख ४९ हजार रुपैयाँको धान- चामल आयात भएको केन्द्रीय भन्सार विभागको तथ्याङ्गमा छ।

जसमध्ये ७५ करोड ६३ लाख ८६ हजार रुपैयाँको १८८२.९८ मेट्रिक टन धानको बीउ,  १८ अर्ब १५ करोड १४ लाख २८ हजार रुपैयाँको ५०४८९८.६३ मेट्रिक टन धान आयात भएको छ।

यस्तै १४ अर्ब ४४ करोड ३६ लाख ४२ हजार रुपैयाँको २०८९१९.५९ मेट्रिक टन चामल, २८३०१४ हजार रुपैयाँको ८८७४.२३ मेट्रिक टन कनिका, १८ लाख २३ हजार रुपैयाँको ३३.१६ मेट्रिक टन धानको भुजा र ६५ लाख ३४ हजार रुपैयाँको १५४.२ मेट्रिक टन चिउरा आयात भएको विभागको तथ्यांकमा छ।

यसरी नेपालमा भएको धानको उत्पादन र आयात गरीएको चामललाई मात्रै तुलना गर्ने हो भने नेपाल चामलमा आत्मनिर्भर छैन भन्ने कुरा प्रष्ट हुन्छ। कृषि तर्फ अर्बै बजेट बिनियोजन हुदाँ पनि कृषकले बाली उत्पादन गर्दा पाउनु पर्ने आवश्यक मल, बिउ र सिंचाईको सुविधा समयमा प्राप्त भने गर्न सकेका छनैन्।

झन यो असार महिनामा मल, बिउ र सिंचाईको अभावमा गरिने धान खेतीका कारण उत्पादन र उत्पादकत्व घट्दै गईरहेको छ।

नेपाल कृषि अनुसन्धान परीषद (नार्क) ले धानका विभिन्न जलवायु अनुकुलित जातहरु विकास गरेको छ। कृषि डायरी २०८१ का अनुसार नेपालमा हालसम्म धानका १५७ जातहरु सूचित भएका छन्। यस्ता जलवायु अनुकुलित र विशेष गुण भएका
जातहरु विकास भए पनि कृषकको खेत सम्म भने पुग्न सकेका छैनन्।

तसर्थ यस्ता जातहरुको प्रचार प्रसार हुनुपर्छ र कृषकका खेत सम्म पुग्ने वातावरण सिर्जना गर्नुपर्छ अनि मात्र नारा र दिवसले सार्थकता पाउँछ नत्र भने नारा नारामा मात्रै सिमीत हुन्छ।धान उत्पादन लाई बढाउन अनेक नारा र दिवस मनाए पनि धानको
उत्पादन भने बढ्न सकेको छैन।धानको उत्पादन भन्दा उपभोग बढी हुने हुँदा भारतबाट बर्षेनी अर्बौ रुपैयाको
धान र चामल आयात हुने गरेको छ।

विकासका नाममा जथाभावि डोजर चलाउँदा बाढी पहिरोको समस्या झन् झन् बढ्दै छ।जलवायु परिवर्तन र बढ्दो तापक्रमका कारण रोग कीराको प्रकोप पनि बढ्दो छ।नेपालमा अझै पनि धान खेति गर्न सबै क्षेत्रमा सिचाईको सुबिधा छैन।अझै पनि बर्षाको पानीमा भर पर्नुपर्ने बाध्यात्मक अवस्था छ जसले गर्दा सोचे अनुरूप उत्पादन हुन सकेको छैन।कहिले लामो समयसम्म पर्ने खडेरी त कहिले आउने बाढीले धान उत्पादनमा नकारात्मक असर पुर्याईरहेको छ।

उन्नत धानको बिउ र आधुनिक प्रविधिको सहि तरिकाले उपयोग हुन नसक्दा पनि सोचे अनुरुप उत्पादन लिन नसकिरहेको अवस्था छ।समयमा किसानले मल र बिउ नपाउनु पनि उत्पादन नबढ्नुको कारण हो।

नेपालको बजेटमा कृषि क्षेत्र कहिल्यै मुख्य प्राथमिकतामा परेको देखिदैन।गत बर्षको बजेटमा रासायनिक मलमा किसानलाई अनुदान दिन ३० अर्ब छुट्याउने बाहेक धान खेती प्रवर्द्धनका लागी खासै अरु नयाँ कार्ययोजना थिएन।तसर्थ स्थानिय सरकारले नै कृषक, कृषि बिज्ञ, कृषि कर्मचारी सँग संमन्वय गरी धान उत्पादन बृद्धका लागी आफ्नो क्षेत्रमा धानका रैथाने जात संरक्षण गर्नुका साथै जलवायु अनुकुलित कृषक मैत्री प्रविधि अबलम्बन गर्नुपर्ने देखीन्छ। कृषकका लागी मल, बिउ, सिचाईको राम्रो प्रवन्ध मिलाउनु पर्ने देखिन्छ।

धानमा लाग्ने रोग र कीराको प्रकोपले हुने क्षती न्युनिकरण गर्न विभिन्न वडामा टाक्सफोर्स टिम बनाउनु पर्छ। यसका लागी संघिय सरकार, प्रदेश सरकार र कृषि संग जोडिएका सघं-सस्थाहरुले पनी हातमा हात मिलाउनु पर्छ। नेपाल कृषि अनुसन्धान परिषद नार्कले पनी जलवायु अनुकुलित धानका जातहरु कृषककै खेतमा परिक्षण गरी कृषकलाई हुने पाईदाका बारेमा प्रसारकर्ता सँग समन्वय गर्नु पर्ने देखीन्छ।

कृषि सँग सम्बन्धित सरकारी र गैरसरकारी संस्थाले हातेमालो गर्दै कृषकलाई प्रोत्साहन गर्ने र कृषि उत्पादन बढाउनुका साथै कृषि बजारको पनि राम्रो प्रवन्ध गर्न सके र किसानले भोग्दै आएका समस्यालाई गम्भिर रुपमा लिई बिउ, सिचाँई, मल,
आधुनिक प्रविधि, प्राविधिक ज्ञान किसानलाई प्रदान गर्ने सके मात्र २१ औं राष्ट्रिय धान दिवस २०८१ को नारा – “जलवायुमैत्री कृषि, धान उत्पादनमा बृद्धि।” नाराले सार्थकता पाउने छ नत्र भने नारा नारा मै सिमित हुने स्प्रष्ट छ।


लेखकः बबि बस्नेत । बस्नेत इलाम सामुदायिक कृषि क्याम्पस, पुर्वान्चल विश्वविद्यालयका पशु पोषण विद तथा उपप्रध्यापक हुन्।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="