दाङ,२० असार ।
तुलसीपुर उपमहानगरपालिकामा आमाहरुलाई घरेलु हिंसा र स्वास्थ्य सम्बन्धि अभिमुखीकरण गराउन थालिएको छ ।
जस अन्तरगत तुलसीपुर वडा न ६ का ३० जना आमाहरूलाई घरेलु हिंसा,मनोसामाजिक तथा प्रजनन स्वास्थ्य समस्या सम्बन्धी आमा अभिमुखीकरण गरिएको छ । आमा समुह, टोल बिकास सस्थाका गर्भवती, सुत्केरी, सुनौलो १००दिन का आमाहरु र अन्य महिलाहरुलाई अभिमुखीकरण गराइएको आधारभूत स्वास्थ्य सेवा केन्द्र गौलौराका प्रमुख बसन्त आचार्यले जानकारी दिए ।
आमाहरुलाई केन्द्र प्रमुख बसन्त आचार्य, तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रबद्र्धन शाखाका कबिराज निरीक्षक रजनी रोकाय र सि.अनमि सिता कुमारी लामिछाने ले प्रशिक्षण गरेका थिए । अभिमुखीकरणले धेरै कुरा सिकाएको सहभागिहरुले बताएका थिए ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस