दाङ, २२ भदौ । किवानिज क्लबअफ तुलसीपुरले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।सामाजिक सेवामा सक्रिय रहदै आएको क्लबले संस्थाका सदस्य सैलेन्द्र कुमार ओलिको जन्मदिनको अवसरमा रक्तदान कार्यक्रम गरेको हो ।
किवानिज क्लब अफ तुलसीपुरका अध्यक्ष बिमल पौडेलको अध्यक्षता तथा डिभिजन ५ एलटी गभर्नर भुपाल रावतको प्रमुख आतिथ्यता रक्तदान कार्यक्रम गरिएको हो।
कार्यकममा प्रमुख अतिथि रावतले जन्मदिनलाई समाजसेवामा बदल्ने उदेश्यले संस्थाले रक्तदान कार्यक्रम गरेको बताएका थिए।रक्तदानले सामाजिक सेवासंगै जीवन रक्षा गर्ने कार्य गरेको भन्दै प्रसंशा व्यक्त गरेका थिए। रक्तसञ्चार सेवा केन्द्र तुलसीपुरको प्राविधिक सहयोग रहेको थियो ।
सो अवसरमा संस्थाका अध्यक्ष विमल पौडेल,सदस्य शैलेन्द्रकुमार ओलीसहित १० जनाले रक्तदान गरेका थिए। सहभागीहरूले रक्तदान मानवसेवाको उत्कृष्ट कार्य रहेको भन्दै रक्तदानको महत्व र आवश्यकताका बारेमा सबैलाई जानकारी गराउनुपर्ने बताएका थिए।
रगतको अभाव हुन नदिने र अकालमै हुने मृत्युबाट बचाउनका लागि रक्तदान अत्यावश्यक रहेको भन्दै एक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा नियमित रुपमा रक्तदान गर्नुपर्ने उनीहरूको भनाइ थियो। कार्यक्रमको सहजीकरण किवानिस क्लब अफ तुलसीपुरका कोषाध्यक्ष सन्दिप भुसालले गरेका थिए।
गौ संरक्षणका लागि आर्थिक सहयोग यसैबीच जन्मदिनको अवसर पारेर शैलेन्द्रकुमार ओलीले गौ सरंक्षणका लागि आर्थिक सहयोग समेत गरेका छन्। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ स्थित अम्बापुरमा रहेको तुलसी गौशालालाई गाईहरूको आहारा व्यवस्थापनका लागि ५हजार ५५ नगद सहयोग गरेका हुन्।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस