body1

दाङमा फैलिदै स्क्रब टाइफस


भदौ २८, २०८१


ad

दाङ । दाङमा स्क्रब टाइफसका बिरामी भेटिन थालेका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि आएका बिरामीमा स्क्रब टाइफससँग मिल्दोजुल्दो लक्षण देखिएपछि परीक्षण गर्दा पोजेटिभ संक्रमण देखीने विरामीको संख्या बढ्दै गएको हो ।

ad

२०८१ सालको पछिल्लो ५ महीनामा १ सय वढि विरामीहरुमा स्क्रब टाइफसको संक्रमण भेटिएको प्रतिष्ठानका सुचना अधिकारी निशानदाजु भट्टराइले जानकारी दिनु भयो । गएको बैशाखदेखी भदौ २७ गतेसम्ममा १ हजार ३ सय ८४ जना विरामीहरुले आफ्नो स्वास्थ्य परीक्षण गरेकोमा १ सय ५७ जनामा पोजेटिभ देखीएको भट्टराइले बताउनु भयो ।

ad

स्क्रब टाइफसका पोजेटिभ देखीएका ती बिरामीमा ज्वरो आउने, पसिना आउनेलगायतका लक्षण देखिने र बेलैमा उपचार गरे निको हुने भए पनि ढिलाइ गरे ज्यानै जान सक्ने पनि हुन्छ । सुचना अधिकारी भट्टराइले दिएको जानकारी अनुसार २०८० साउनदेखी २०८१ असार मसान्तसम्ममा ३ हजार ९ सय ४२ जना विरामीमा परीक्षण गरीएकोमा ७ सय ३६ जनामा पोजेटिभ देखीएको थियो ।

ad

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="