दाङ,२ असोज । राप्ती प्रादेशिक अस्पतालको वार्षिक समिक्षा गरिएको छ । अस्पतालबाट प्रवाह हुदै आएको स्वास्थ्य सेवा र भएगरेका गतिविधिहरुको बारेमा छलफल एवम् समिक्षा गरिएको थियो । अस्पताल बिकास समितिका अध्यक्ष पदम् प्रसाद न्यौपानेको अध्यक्षतामा आर्थिक वर्ष २०८०÷८१ को समिक्षा गरिएको थियो ।
त्यसअवसरमा स्वास्थ्यकर्मीहरुले अस्पताललाई सरकारले उपेक्षा गरेको भन्दै गुनासो व्यक्त गरे। अस्पतालको सेवालाई गुणस्तरीय बनाउँदै लैजादा श्रोतसाधनको उपलव्धताका विषयमा सरकारले ध्यान नदिएको उनीहरुको भनाई थियो।
अस्पतालको भौतीक स्तरोन्नती र उपकरण व्यवस्थापनको माग सहित पटक–पटक डेलिगेशन जाँदा पनि प्रदेश सरकारले कुनै सुनुवाई नगरेको उनीहरुले बताए ।
२ सय शैयामा स्वास्थ्य सेवा दिँदै आएको अस्पतालमा जनशक्ति र पूर्वाधार ५० शैयाको मात्र हुनुले अस्पतालप्रति सरकारको अपनत्व कति छ? प्रष्ट हुने उनीहरु बताउँछन्।
कार्यक्रमका प्रमुख अतिथी, तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काले सेवामा पहुँच स्थापित गर्नुपर्ने बताए। यसका लागि अस्पतालमा श्रोतसाधन र जनशक्ति पर्याप्त हुनुपर्ने बताए।
अस्पतालले विपन्न परिवारको उपचारलाई लक्षित गरी सेवालाई थप गुणस्तरीय बनाउन आग्रह गरे । अस्पतालले दिएको सेवा छिमेकीले नदिने भन्दै उनले उपलव्ध उपकरणहरुको प्रयोगगरी सेवामा पहुँच स्थापित गर्न अनुरोध समेत गरे । उनले नीजि अस्पतालमा गएर सेवा दिने प्रवृद्धिलाई सुधार गर्न समेत आग्रह गरे।
हामीले दिने सेवा छिमेकीले दिदैन, हाम्रा सेवा विपन्न नागरिकको पहुँचमा पुग्नुपर्छ यसर्थ सेवा प्रवाहको प्रवृतिलाई सुधार गर्नुपर्छ कि उनले भने–‘ कम्तिमा पनि ३ बजेसम्म अस्पतालमा बसौँ, नीजिमा गएर सेवा दिने अनी बिरामीलाई पनि त्यतै बोलाएर शल्यक्रिया गर्ने,औषधी बेच्ने काम नगरौ न।’ विगतको तुलनामा अस्पतालको सेवा राम्रो भएपनि यसैमा खुशी हुनुपर्ने अवस्था भने नरहेको उनले बताए ।
मासिक ५० जना क्यान्सरका बिरामी पालिकामा सहयोगका लागि आउने गरेका छन्, सबैलाई सहयोग दिएर साध्यपनि हुँदैन तर रित्तो पनि पठाएका छैनौँ, उनले भने–‘नसर्ने रोगका बिरामीहरुको सँख्या प्रतिदिन बढ्दै जादा यसको न्युनीकरणका लागि चिकित्सिकीय सक्रियता अलि बढाउनुपर्ने हुन्छ । हामीले बिरामीलाई २ मिनेट बढि दियौँ भनेपनि ती रोगका स्टेजहरु पत्ता लाग्छन् र न्युनीकरणमा मद्धत पुग्छ ।’
प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. पदम् रिजालले अस्पतालले लामो समयदेखि जनशक्ति र उपकरणको अभाव झेल्दै आएको बताए ।अस्पतालप्रति नागरिकको अपेक्षा बढ्द्ै जाँदा सरकारले अपनत्व ग्रहण गर्न नसक्नु दुखको कुरा भएको बताए । वर्षेनी सरकारले आश्वासन दिने तर वार्षिक बजेटका कार्यक्रममा भने पन्छ्याउने काम भएको भन्दै गुनासो पोखे ।
थन्किए डायलासिस मेसिन
राप्ती प्रादेशिक अस्पतालमा ६ वटा डायलासिस मेसिन थन्किएका छन् । बिग्रिएको लामो समय भइसक्दा पनि मर्मतसंभार गर्न नसक्दा ती मेसिनहरु सञ्चालनमा ल्याउन सकिएको छैन । जसले गर्दा स्वास्थ्यसेवा प्रभावित बनेको छ ।
१४ वटा मेसिनमध्ये ८ वटा सञ्चालनमा छन् । डायलासिस गराउने बिरामीहरु पालो कुरेर बस्नुपर्ने अवस्था छ । अस्पतालमा अहिले तीनचरणमा मृगौलाका बिरामीको उपचार हुँदै आएकोमा दुइ पटकमात्र डायलासिस गराउने गरिएको अस्पतालका मेसु डा. अधिकारीले जानकारी दिए।
तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बिनिल केसीले नीजि क्षेत्र वाचगकका रुपमा काम गरिरहेको बताए । सिमित स्रोतसाधनमा पनि अस्पतालले दिएको सेवा उत्कृष्ट रहेको भन्दै उनले अस्पताललाई हरेक क्षेत्रमा २ सय बेड सरहको बनाउनका लागि के गर्नुपर्छ त्यसमा आफ्नो भूमिका निभाउन नीजि क्षेत्र तयार रहेको उनको भनाई थियो ।
कार्यक्रममा जनस्वास्थ्य निरीक्षक कृष्ण गोपाल चौधरीले प्रस्तुतीकरण दिएका थिए।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस