तुलसीपुर–घोराही मुख्य सडकमा अटो चलाउन नपाइने


मङि्सर २०, २०८१


दाङ,२० मंसिर । अबदेखि तुलसीपुर–घोराही मुख्य सडकमा अटो चलाउन नपाइने भएको छ । सडक दुर्घटनाको जोखिम बढ्दै गएपछि राजमार्गमा अटो चलाउन रोक लगाइएको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । प्रहरीले आज (मंसिर २० ) गतेदेखि राजमार्गमा अटो  चलाउन रोक लगाएको छ ।

तत्कालको लागि तुलसीपुरबाट पर्सेनीसम्मका अटोलाई चल्नमा खासै समस्या नहुने ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख महेन्द्र चन्द ठकुरीले जानकारी दिए ।
यातायात व्यवस्था कार्यालयको काम र बिरामी बोकेर चल्ने अटोलाई कुनै समस्या नहुने उनको भनाई छ । तर अन्य यात्रु बोकेर मुख्यसडकमा अटो चलाउन नपाइने उनले बताए।

‘तत्कालका लागि हात्तिखौवा, मोतिपुर, पर्सेनीसम्मका अटोलाई सडकमा चलाउन दिएका छौँ, तर बिजौरी, दुधरास, नारायणपुर जस्ता टाढाका ठाउँबाट मान्छे बोकेर हिड्न पाइदैन, जाँचपास गर्न, यातायातको कामको लागि घोराहीबाट आउन हामीले दिएका छौँ।’

घोराही, नारायणपुर लगायतका ठाउँबाट पनि अटो तुलसीपुरमा चलाउन थालेपछि  अटो सञ्चालनमा रोक लगाइएको उनले बताए। यसरी मनपरी अटो चलाउँदा सवारी दुर्घटनाको जोखिम बढेको भन्दै त्यसका लागि कडाई गरिएको उनको भनाई छ ।

प्रहरीले अटो सञ्चालनमा रोक लगाएपछि अटो चालकहरु रुष्ट बनेका छन् । अटो चलाएर दैनिकी चलाउने गरेका  चालकहरुले प्रहरीको यस्तो निर्णयले आफूहरुको दैनिकी प्रभावित बन्ने भन्दै दुखेसो गरे ।

बिना सूचना नै अटो चलाउन रोक लगाउँदै जरिवाना असुल गरेको प्रति उनीहरू आक्रोश छन्। मुख्य सडकमा अटो चलाएको भन्दै ५०० देखि १५०० रुपैयाँसम्म जरिवाना असुल गर्ने गरेको अटोचालकहरुको भनाइ छ।

बिना सुचना नै अटो चलाउन रोक लगाउँदा कामगरी खानेलाई मुस्किल परेको चालकहरु बताउँछन् । बैकल्पिक मार्ग विना नै अटो चलाउन नपाइने भन्दै मनपरी चिट काट्ने गरेको प्रति उनीहरुले आक्रोश समेत पोखेका छन् ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="