बर्दिया,२४मंसिर । १४ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ । थप तीन आरोपितको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा १८ वर्षका पाँच किशोरसहित तीन जना रहेका छन् । पक्राउ पर्नेहरूमा बाँसगढी नगरपालिका–२ का २२ वर्षीय भरत बुद्धिराम डाँगी, २३ वर्षीय गोपालजंग शाह र १९ वर्षीय रवि चन्द रहेको प्रहरीले जनाएको छ ।
भदौमा पटक–पटक बलत्कार गरेको जाहेरी पीडितले दिएपछि उनीहरूलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय,मोतीपुर,बाँसगढीका प्रहरी निरीक्षक रुपेश शाहले बताए ।
पक्राउ परेका ८ जनाविरुद्ध सोमबार अदालतमा जबर्जस्ती करणीको मुद्दा दायर गरी पाँच दिन म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस