अमेरिकी एयरलाइन्सको विमान दुर्घटना:हालसम्म १८ जनाको शव फेला


माघ १७, २०८१


काठमाडौं, १७ माघ । अमेरिकाको राजधानी वासिङ्टन डीसीमा विमान हेलिकोप्टरसँग ठोक्किएको घटनामा अहिलेसम्म १८ जना मृत भेटिएका छन् ।

सीबीएस न्यूजकाअनुसार नदीबाट १८ वटा शव निकालिएको छ । खोजी कार्यमा रहेको टोलीले अहिलेसम्म कुनै पनि जीवित व्यक्ति फेला पारेको छैन । स्थानीय समयअनुसार राति ९ बजे रेगन वाशिङटन राष्ट्रिय विमानस्थलनजि विमान हेलिकोप्टरसँग ठोक्किएको थियो ।

ad

अमेरिकी एअरलाइन्सले विमानमा ६० यात्रु र चार चालक दलका सदस्य रहेको पुष्टि गरेको छ । “हामी ती सबैको बारेमा चिन्तित छौं,” एअरलाइनले भन्यो, “हामी अधिकारीहरूसँग निरन्तर सम्पर्कमा छौं । आपत्‌कालीन टोलीलाई मद्दत गर्दैछौँ ।”

वाशिङ्गटन डीसीको आपत्‌कालीन उद्धार टोली रेगन राष्ट्रिय विमानस्थलमा पुगेको छ ।

डीसी फायर र ईएमएस विभागकाअनुसार विमान हेलिकोप्टरसँग ठोक्किएपछि पोटोम्याक नदीमा खसेको हो । विभागले एक्समार्फत फायरबोटहरू नदीमा खोजी कार्य भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="