after_navbar

तुलसीपुर खानेपानीको सचिव पदमा मेरोपनि दाबी छ – पत्रकार गोपाल शर्मा


फागुन १, २०८१


दाङ, १९ फागुन । पत्रकार गोपाल शर्मा भट्टराई चैत २ गते हुने तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको सचिव पदमा आफ्नो दाबी रहेको बताएका छन् ।

ad

उनले नेपाली काँग्रेसको तर्फ बाट चुनाव लड्ने गरि पार्टीका नेताहरु संग आफ्नो दाबी रहने कुरा अवगत गराउँदै आएको बताएका छन् ।

ad

‘ म अघिल्लो निर्वाचनका क्रममा पनि खानेपानीमा उम्मेदवारी दिन चाहेको थिए,’ उनले भने ‘ त्यतिखेर नेताहरुले मलाई अर्कौ चुनावमा तपाँइलाई स्थान दिन्छौं भनेको हुँदा म अन्तिममा आइ रोकिएको थिए । त्यसैले यस पाली मैले सचिव पदमा मेरो उम्मेदी हुन्छ भन्ने कुरा अवगत गराइ सकेको छु ।’

ad

नेपाल प्रेस युनियन दाङका उपाध्यक्षसमेत रहेका पत्रकार भट्टराई पढाइमा स्नातोक्तर छन् । उनी बिगतमा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको प्रेस संयोजकको भूमिका निर्वाह गरि सकेका ब्यक्ति हुन ।
तुलसीपुर चेम्बरअफ कमर्षका प्रेस सल्लाहाकार समेत रहेका पत्रकार भट्टराई लामो समयदेखि पत्रकारितामा क्रियासिल छन् । उनी अन्नपूर्ण दैनिकमा कार्यरत छन् ।

आँफु निर्वाचित भए तुलसीपुर खानेपानीको हालको अवस्थालाई सुधार गरि सवैका लागि सहज र सर्वसुलभ पानी वितरणको प्रणाली विकास गर्ने उनले वताएका छन् । खानेपानी संस्थाको सामाजिक, प्रशासनिक , कार्यालय ब्यब्स्थापनको क्षेत्रमा सुधार ल्याउने बताउछ्न ।

पार्टी भित्र प्यानलका हिसावले संस्थापक मानिन्छन् । काँग्रेस केन्द्रीय सदस्य गेहेन्द्र गिरी, पूर्व मुख्यमन्त्री चौधरी क्षेत्रीय सभापति जगत बहदुर खड्का , प्रदेश सभापति देवेन्द्र रिजाल, नगर सभापति सुरेश हमाल लगाएतका नेताहरुसंग खानेपानीको सचिव पदमा आफ्नो दाबी रहेको अवगत गराइ सकेको हुँदा आँफुले टिकट पाउने र सहजै निर्वाचित हुने विश्वास पत्रकार शर्माको छ ।

गत निर्वाचनमा काँग्रेसकै उम्मेदवार पवन बुढाथोकीको प्यानलवाट पत्रकार शर्माले उम्मेदवारी दिने चर्चा थियो ।

यसअघि रिपोटर्स क्लव नेपाल दाङ शाखाका अध्यक्षसमेत रहेका पत्रकार रेग्मीले पनि आँफु काँग्रेसको आधिकारिक टिमबाट कोषाध्यक्ष पदमा चुनाव लड्ने फरककोणलाई बताएका थिए ।

यो पाली नेतृत्व चुन्न्न तुलसीपुर खानेपानी संस्थामा कुल १० हजार ९ सय ७० जना उपभोक्ताले मताधिकार पाएका छन् । नयाँ उपभोक्ताका लागि बक्यौता शुल्क बुझाउन अन्तिम समय सीमा फागुन १५ गतेसम्म तोकिएको थियो । तीनै मतदाताले चैत २ गते तोकिएको निर्वाचनमा आगामी नेतृत्व चुन्ने छन् ।

यो भन्दा पहिलेका निर्वाचनहरु नियाल्दा खानेपानी संस्था सेवामुलक संस्था रहेपनि यस्को नेतृत्वका लागि दलहरुका बीचमा ब्यापक रुपमा राजनीतिक अस्तित्वको लडाइ हुने गरेको थियो । यस पटक पनि त्यही स्थिति दोहरिने संभावना प्रबल छ । तुलसीपुर खानेपानीमा सबै भन्दा बढी मतदाता नेपाली काँग्रेस निकटका उपभोक्ताहरु छन् ।

तर, काँग्रेस भित्र धेरै जना नेतृत्वको आकाँक्षी हुँदा तथा गुटगत राजनीतिक प्रभावका कारण आपसी टकराब हुँदै आएको छ । जस्को लाभ कतिपय समयमा अन्य दलसम्बन्ध उम्मेदवारले उठाउँदै आएको बिगत छ ।

यसअघि नेत्र बिक्रम चन्द्र बिप्लव निकट मानिने खेमराज वली पटक पटक निर्वाचित भएको बिगत छ ।
अब आउने निर्वाचनमा कुन दलबाट को–को उम्मेदवार बन्छन र कस्ले नेतृत्वमा बाजी मार्ला भन्ने सवाल यतिखेर चर्चाको बिषय बन्दै गएको छ । अहिले देखि नै बिभिन्न संभावित उम्मेदवार उपभोक्ताहरुलाई भेट्दै मत माग्ने अभियानमा जुटि सकेका छन् ।

नेतृत्वको लागि को – को छन आकाँक्षी ?

हालसम्म खानेपानीको नेतृत्वको लागि कसैले पनि औपचारिक रुपमा आफ्नो उम्मेदवारी घोषणा गरि सकेका छैनन् । तर, बिभिन्न राजनीतिक दल सम्बन्द्ध ब्यक्तिहरुको नाम चर्चामा छ ।

स्रोतका अनुसार अहिलेका अध्यक्ष यमकान्त भण्डारी फेरि दोस्रो कार्यकालको लागि दोहरिन काँग्रेसका नेताहरु संग भेटेर लबिङ गरि रहेका छन् । उनले आँफुले सुरु गरेका कामहरु पुरा गर्नका लागि एक कार्यकाल दोहरिन चाहेको बताउँदै आएका छन् ।

अघिल्लो निर्वाचनमा काँग्रेसकै पवनकुमार बुढाथोकी अध्यक्ष भण्डारीसंग झिनो मतान्तरले पराजित भएका थिए । यातायात ब्यबसायी तथा काँग्रेस नेता बुढाथोकी यो पटक फेरि पनि अध्यक्षको स्वभाविक उम्मेदवार मान्ने गरिएका छन् ।

त्यस्तै गत निर्वाचनमा बुढाथोकीको प्यानलवाटै निर्वाचन लडेर कोषाध्यक्ष बनेका भोला थापापनि यो पटक नेतृत्वको दाबी गरि रहेका छन । त्यस्तै नेपाली काँग्रेसका पूर्व तुलसीपुर इकाइ सभापति मदन धिताल लगाएतका नेताहरुको नामपनि उत्तिकै चर्चामा छ ।

त्यस्तै नेकपा एमालेको तर्फबाट अहिलेका खानेपानी सचिब शेबकराम भण्डारी र पूर्व सचिव मनोज लामिछानेको नाम चर्चामा छ ।

नेकपा माओबादी केन्द्रको तर्फबाट भने संस्थाका उपाध्यक्ष सिताराम शर्मा अध्यक्षमा भिड्ने निश्चित प्राय रहेको स्रोतले बताएको छ । शर्मा उपभोक्तालाई भेटेर प्रचार प्रशारमा जुटी सकेको बताउँछन् ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="