after_navbar

हिमाल एकेडेमीको वेबसाइट ह्याक गरेको ह्याकरको दाबी !


फागुन १, २०८१


काठमाडौं ,१९ फागुन। दाङको हिमाल एकेडेमीको वेबसाईट ‘मोजकोज’ (mozkoz) नाम गरेका ह्याकरले ह्याक गरेको दाबी गरेका छन । ह्याकर्ले ब्रिच फोरममा फेब्रुअरी २८ मा पोस्ट गर्दै विद्यालयका संवेदनशील डेटा ह्याक गरेको दाबी गरेका छन ।

ह्याकरले आफूसँग एड्मिन ईमेल, एड्मिन लग, सिभिल आईडी, फोन नम्बर, कन्ट्रोल प्यानल लगायतका डेटाको एक्सेस भएको दाबी गरेका छन् ।

ad

सार्वजनिक भएको स्याम्पल डेटामा २३ जना शिक्षक शिक्षिकाको नाम, नम्बर, पद, पढाउने कक्षा लगायतको विवरण छ । ह्याकरले आफूसँग उक्त स्कुलमा विभिन्न समयमा अध्यापन गराएका १२३ शिक्षक शिक्षिकाको डेटा भएको दाबी गरेका छन् । 

त्यसैगरी ती ह्याकरले ४० विद्यार्थीको डेटा सार्वजनिक गरेका छन् । आफूसँग तीन हजार विद्यार्थीको डेटा भएको दाबी गरेका छन ।

ह्याकरले सार्वजनिक गरेको डेटामा विद्यार्थीको नाम, ठेगाना, कक्षा, लिङ्ग, जन्ममिति, बुवा आमाको नाम, बुवाआमाको सम्पर्क नम्बर रहेको देख्न सकिन्छ ।

हिमाल एकेडेमीका प्रधानाध्यापक मधुसूदन केसीले आफूलाई यस विषयबारे कुनै जानकारी नभएको बताएका छन् । उनले अहिले पनि वेबसाईट स्कूलकै नियन्त्रणमा रहेको बताए । “हामीलाई कतै कसैले पनि पनि डेटा लिक भएको छ भनेको छैन,” उनले भने, “यस विषयमा केही थाहै छैन । सबै हाम्रै नियन्त्रणमा छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="