दाङ, २१ चैत । दाङको तुलसीपुर उपमहानगरपालिकामा कार्यरत नगर प्रहरीमाथि बालुवा तस्करी गर्ने समुहले आक्रमन गरेको छ ।
बुधबार बेलुका ७ बजेतिर तुलसीपुर–१२, एयरपोर्ट नजिकै आक्रमण भएको उपमहानगरपालिकाले जनाएको छ । तुलसीपुर उपमहानगरपालिकाका अनुसार ग्वारखोलामा अबैध रुपमा नदीजन्य पदार्थ उत्खनन गर्ने प्रयोग गरिएको साधन नियन्त्रणमा लिन गएका नगर प्रहरीमाथी आक्रमण भएको हो ।
आक्रमणबाट नगर प्रहरी असई संजय गिरी र हवल्दार बिनोद रेउले घाइते भएका छन् । नगर प्रहरी असई गिरीको नेतृत्वमा रहेका चार जना नगर प्रहरीले रा.१.त. ४०२३ नम्बरको ट्रयाक्टर नियन्त्रणमा लिन खोज्दा ट्रयाक्टर चालक तथा सवारीधनी लगायतका व्यक्तिहरुले अवरोध गर्दै घरेलु हतियारसहित आक्रमण गरेको उनीहरूले बताएका छन ।
घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । भने अन्यको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी अनिल सिंह ठकुरीले जानकारी दिए ।
आक्रमणमा पर्दा नगर प्रहरीले प्रयोग गरेको सवारी साधन समेत बाटो मै अल्पत्र अबस्थामा रहेको थियो ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस