after_navbar

जीप दुर्घटना  ४ जना घाइते


चैत २२, २०८१


दाङ, २३ चैत ।बैतडीको दशरथचन्द नगरपालिका-११ नानिगाडमा जीप दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । शुक्रबार राति देहीमाण्डौंबाट गिरेगडातर्फ गइरहेको बि.ए.सी ५६५९ नम्बरको जीप दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार जीप दुर्घटनामा परी पञ्चेश्वर गाउँपालिका-६ घर भएका जीप चालक ३५ वर्षीय राकेश कोली, सोही ठाउँका ५२ वर्षीय लालीराम कोली, पञ्चेश्वर-५ का ५४ वर्षीय चन्चले दयाल र दनपा १० की अन्दाजी ३० वर्षीया कविता परियार घाइते भएका छन् ।
घाइतेमध्ये चञ्चले दयालको अवस्था सख्त घाइते रहेको र अन्यको अवस्था सामान्य रहेको प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए ।घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल पुर्‍याइएको छ ।

ad

जीप सडकबाट करिब ४० मिटर तल खसेको छ । दुर्घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="