दाङ, २९ चैत्र । नेपाली कांग्रेस दाङको तेस्रो जिल्ला सम्मेलन आज हुदै छ । पार्टी गतिविधिको समीक्षा गर्नुका साथै आगामी रणनीति तथा कार्यक्रम तय गर्ने उद्देश्यले हुन थालेको जिल्ला सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको नेपाली कांग्रेस दाङले जनाएको छ ।
जिल्ला सम्मेलनलाई सभ्य, भव्य र प्रभावकारी बनाउनका लागि उपस्थितिका लागि नेपाली कांग्रेस दाङले वडा कार्यसमिति, पालिका कार्यसमिति, क्षेत्रीय कार्यसमिति, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, क्षेत्रीय प्रतिनिधि, भातृ तथा शुभेच्छुक संघसस्थाका प्रतिनिधिलगायत सवैलाई आग्रह गरेको छ । जिल्ला सम्मेलनमा पार्टीले बर्षभरी गरेका कार्यक्रमको गम्भीर समीक्षा, आगामी कार्ययोजना चुस्तदुरुस्त बनाउने र पार्टीका सबै संघसस्थालाई सशक्त र क्रियाशील बनाउनका लागि भूमिका खेल्ने नेपाली कांग्रेस दाङका सचिव अर्जुन योगीले जानकारी दिए । जिल्ला सम्मेलनका लागि मञ्च व्यवस्थापन, अतिथिलाई निमन्त्रणा, सांगठनिक तथा आर्थिक प्रतिवेदन बनाउनेलगायतको सम्पूर्ण तयारी पूरा भएको छ । सम्मेलन विहान ११ बजेदेखि घोराही बहुउद्देश्य सभागृहमा हुनेछ । सम्मेलनले कांग्रेसका नेता कार्यकर्तालाई नयाँ ऊर्जाका साथ पार्टीलाई अघि बढाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
सम्मेलनलाई नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, नेपाली कांग्रेसका केन्द्रिय सदस्यहरु लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली काग्रेस दाङले जनाएको छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस