दाङ,११ माघ। सरकारले दादुरा-रुवेला विरुद्धको खोप सन्चालन गर्ने भएको छ। फागुन दोस्रोसाता देखि देशभरि दादुरा-रुवेला विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको हो ।
दादुरा-रुवेला सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै फागुन १३ देखि चैत ७ गतेसम्म खोप सन्चालन गर्ने भएको हो । करिव ५७ लाख बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नौ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई विरुद्धको खोप दिन लागेको हो । स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा.अभियान गौतमका अनुसार भारतसँग सीमा जोडिएका दादुरा-रुवेलाबाट अति सङ्क्रमित २१ जिल्ला तथा काठमाडौँ उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुरका सबै बालबालिकालाई उक्त खोप लगाइने छ ।
जाजरकोट र रुकुम पश्चिममा भने यसअघि नै खोप अभियान सञ्चालन गरिएको थियो । फागुन १३ देखि चैत ७ गतेसम्म खोप अभियानका क्रममा नियमित छुटेका खोप पनि बालबालिकालाई लगाइने छ।
परिवार कल्याण महाशाखाका निर्देशक डा।विवेककुमार लालले सरकारले सन् २०२६ सम्म दादुरा-रुवेला निवारण गर्ने लक्ष्यका साथ खोप अभियान सञ्चालन गर्न लागिएको बताए।
दादुरा-रुवेला सवभन्दा बढी सङ्क्रामक रोग हो । एक व्यक्तिले १८ जनासम्म यो रोग सार्न सक्दछ । “दादुरा(रुवेला बढी सङ्क्रामक हुन्छ”, उनले भने- “त्यसैले यस वर्ष देशभरी नै खोप अभियान सञ्चालन गर्न थालेका छौँ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस