मानव तस्करी प्रकरण आरोपमा पूर्वमन्त्री अधिकारीलाई अदालत पुर्‍याइयो


कार्तिक २५, २०८१


काठमाडौँ,२५ कार्तिक । जापानमा जाँदा असम्बन्धित मान्छेलाई सँगै लगेर मानव तस्करीको प्रयास गरेका भनिएका कोशी प्रदेशका तत्कालीन मन्त्री लिलाबल्लभ अधिकारीलाई प्रहरीले काठमाडौँ जिल्ला अदालत लगेको छ ।

प्रहरीले आइतबार बिराटनगरबाट पक्राउ गरी काठमाडौँ ल्याएसँगै अधिकारीलाई काठमाडौँ प्रहरी परिसर, सरकारी वकिल कार्यालय हुँदै जिल्ला अदालत काठमाडौँ लगेको हो ।

अधिकारीलाई कात्तिक १३ गते जापान उडेपनि अध्यागमनले फिर्ता पठाइदिएको थियो । यो प्रकरणमा यसअघि नै ६ जना पक्राउ परिसेका छन् । घटना सार्वजनिक भएपछि उनले मन्त्री र पार्टी जिम्मेवारीबाट राजीनामा गरिसकेका छन्

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="