प्रतिष्ठानमा सिटी स्क्यान र एमआरई सेवा छिटो छरितो बन्दै


मङि्सर १३, २०८१


दाङ १३ मंसिर । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले दिँदै आएको सिटी स्क्यान र एमआरआई सेवालाई छिटो छरीतो बनाएको छ । सिटी स्क्यान र एमआरआईको रिपोर्टिङ ढिला हुँदा विरामीले भोग्नुपरेको सास्तीलाई मध्येनजर गर्दै प्रतिष्ठानले उक्त सेवालाई चुस्त दुरुस्तसहित छिटो छरीतो गर्ने गरी ब्यवस्था मिलाएको प्रतिष्ठानका रजिष्ट्रार प्राध्यापक श्याम लम्सालले जानकारी दिए ।

प्रतिष्ठानबाटट दैनिक सिटी स्क्यान र एमआरआई गरेर २५ जना बिरामीले सेवा लिइरहेकोा छन् । प्रतिष्ठानका रजिष्ट्रार लम्सालले एमआरआई र सिटी स्क्यान गरेको ४८ घण्टा भित्र बिरामीले रिपोर्ट पाउने गरी थप रेडियोलोजिष्टको जनशक्ती थपेर ब्यवस्था मिलाईएको जानकारी दिए । प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक डा। जनार्दन पन्थीले ४८ घण्टा भित्र सिटी र एमआरआईको रिपोर्ट प्राप्त गर्ने ब्यवस्था मिलाइसकेकाले अब बिरामीको उपचारमा थप सहजता मिल्ने बताए

एमआरआई र सिटी स्क्यानका सहायतामा बिरामीको रोगको डाइग्नोसिस गर्न चिकित्सकलाई सहजता हुनेछ । यो ब्यवस्था मिलाएपछि १३ जना बिरामीले ४८ घण्टा भित्र सिटी र एमआरआइको रिपोर्ट प्राप्त गरीसकेको प्रतिष्ठानका सुचना अधिकारी निशानदाजु भट्टराइले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="