आजपनी तुलसीपुर-घोराही सडक अबरुद्ध


मङि्सर १८, २०८१


दाङ,१८ मंसिर । सवारी दुर्घटनामा एक युवकको मृत्यु भएपछि तुलसीपुर घोराही सडक खण्ड अवरुद्ध गरिएको छ। सवारी दुर्घटनामा एक युवकको मृत्युको घटनालाई लिएर आफन्तले तुलसीपुर – घोराही सडकको नारायणपुरमा सडक खण्ड अवरुद्ध पारेका छन् ।

बिहान ८ बजेदेखि सडक खण्ड अन्तरगत घोराही उपमहानगरपालिका –१० नारायणपुर नजिकै झारबैरा चोकमा मृतकका आफन्तले सडक खण्डमा अवरोध राखेर सडक खण्ड अवरुद्ध पारेका छन् ।
तीन घन्टादेखि अवरुद्ध सडक खण्ड खुलाउने बारे घोराही र नारायणपुर दुई ठाउँमा सरोकारवालाहरु संग छलफल भइ रहेको प्रहरीले जानकारी दिएको छ ।

सोमबार बेलुकी टिप्परको ठक्करबाट मोटरसाइकल चालक तुलसीपुर उपमहानगरपालिका – १९ कुटीचौरका १९ वर्षीय सुदिप बुढाथोकीको मृत्यु भएको थियो । उक्त दुर्घटनामा मोटरसाइकलको पछाडि सवार तुलसीपुर – १७ का २२ बर्षीय दिपक बस्नेत घाइते भएका थिए । उनको घोराहीस्थित राप्ती स्वास्थ्य बिज्ञान प्रष्तिठानमा उपचार जारी छ ।

घोराहीबाट तुलसीपुर तर्फ आउँदै गरेको रा १ ख १२९१ नम्बरको टिप्परले एकै दिसातर्फ आउँदै गरेको रा ७ प ७४६ नम्बरको मोटरसाइकललाई घोराही उपमहानगरपालिका –१० झारबैरा चोकमा सोमबार बेलुका करिब साढे ६ बजेतिर ठक्कर दिएको थियो ।

सोही घटनालाई लिएर पीडित पक्षले उचित क्षतिपुर्ति पाउनु र दोषी चालक माथि उचित कानुनी कारबाहीको माग गर्दै सडक खण्ड अवरुद्ध पार्दै आएका हुन ।
जिल्ला प्रहरी प्रबक्ता डिएसपी इश्वर थापाले सडक खण्ड खुलाउने प्रयास जारी रहेको जानकारी दिए ।

टिप्पर चालक घोराही – ११ डोक्रेनाका ४० वर्षीय जितबहादुर चौधरी प्रहरी नियन्त्रणमा छन् ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="