इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नेई सुपर किङ्ग्स चौथो पटक पराजित भएको छ। बुधबार राति यूएईको आबुधाबीमा भएको खेलमा कोलकाता नाइट राइडर्सले चेन्नेईलाई १० रनले हराएको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा १६७ रन बनायो ।
जवाफमा चेन्नेईले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ५७ रनमा रोकियो ।
यो जितसँगै कोलकाता पाँच खेलमा ६ अंक बनाएको छ र लिगको तेस्रो स्थानमा उक्लिएको छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस