इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबादले किङ्स इलाभेन पन्जाबलाई हराएको छ ।
राति भएको खेलमा हैदराबादले पन्जाबलाई ६९ रनले पराजित गरेको हो । यूएईकाे अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा हैदराबादले दिएको २ सय २ रनको लक्ष्य पछ्याएको पन्जाब १६ ओभर ५ बलमा अलआउट हुँदै १ सय ३२ रनमा समेटियो ।
पन्जाबका लागि निकोलस पुरनले ७७ रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीलाई जित दिलाउन सकेनन् ।
जितसँगै हैदराबादले ६ खेलमा ६ अंक जोडेको छ । ६ खेलमा २ अंक जोडेको पन्जाब पुछारमा छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस