काठमाडौं । हास्य कलाकार हरिवंश आचार्य र उनकी श्रीमती रमिला आचार्यले कोरोनालाई जितेका छन् ।
गएको असोज १९ गते स्वास्थ्यमा समस्या देखिएपछि पिसिआर परीक्षण गराउँदा उनीहरुमा कोरोना संक्रमण देखिएको थियो । दुई हप्ता होम आइसोलेसनमा बसेपछि उनीहरुले बुधवार पुनः कोरोना परीक्षण गराएका थिए ।
हरिवंश आचार्यले कोरोना जितेकोमा खुसी व्यक्त गरेका छन् । उनले श्रीमतीसँगको एक तस्विर शेयर गर्दै फेसबुकमा लेखेका छन्, ‘हाम्रो कोरोना रिपोर्ट नेगेटिभ आएको छ । हामीलाई धेरै-धेरै माया दिनुहुने सबैमा धन्यवाद ।’
उनले आफू र श्रीमतीलाई कोरोना देखिएपछि आफूहरुको सम्पर्कमा रहेकालाई होम आइसोलेसनमा बस्न र परीक्षण गराउन आग्रह गरेका थिए । यसपालिको दशैं सकभर आफ्नै परिवारभित्र सीमित राख्न उनले सुझाव दिएका छन् ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस