काठमाडौ। नेपाली लेगस्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को अक्सनमा अनसोल्ड भएका छन् ।
चेन्नईमा जारी अक्सनमा सन्दीपको न्यूनतम मूल्य ४० लाख भारतीय रुपैयाँ थियो । तर सन्दीपलाई खरिद गर्न कुनैपनि टोलीले रुचि देखाएनन् । अन्तिम समयमा कुनै टोलीले आग्रह गरेमा उनी अक्सनमा पुनः आउन सक्छन् । अनसोल्ड भएका खेलाडी अन्तिम समयमा विक्री भएमा न्यूनतम मूल्यमा खेल्ने सम्भावना बढी हुन्छ ।
सन्दीपले पहिलो पटक सन् २०१८ मा दिल्लीबाट आइपिएल खेलेका थिए । सन्दीप न्युनतम मूल्य ३२ लाख रुपैयाँमा अनुबन्ध भएका थिए । गत सिजनमा दिल्लीले सन्दीपलाई पूरै बेन्चमा राखेको थियो । दिल्लीले फुकुवा गरेपछि सन्दीप अक्सनमा सहभागी भएका थिए ।
सन्दीपले दिल्लीबाट तीन सिजन विताउँदै कुल ९ खेलमा १३ विकेट लिएका थिए । सन् २०२० मा पुरै समय बेन्चमा बसेपनि २०१८ मा ३ खेलमा ५ र २०१९ मा ६ खेलमा ८ विकेट लिएका थिए ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस